Skip This
रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टीका–टिप्पणी, आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् ।

पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीमाथि निगरानी राखेको थियो । आफूमाथि अनावश्यक आरोप लगाएको र स्पष्टीकरण माग गरेपछि राजीनामा दिएको बताएका छन् । आचरणविपरीतको गतिविधि गरेको भन्दै उनलाई मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । भट्टराईले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना अभिव्यक्तिसमेत राखेका थिए ।