१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ९ बुधबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

संवैधानिक आयोगहरूले मागे विशिष्ट श्रेणीका कर्मचारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:o७:oo

संवैधानिक आयोगहरूले आफ्ना कार्यालयहरूमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संविधानअनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयहरूमा नेपाल सरकारको सचिवसरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

बुधबार समाचार एजेन्सीसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिवस्तरको दरबन्दी आवश्यक भएकाले त्यसको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नुपरेको स्पष्ट पारे । हाल ती समावेशी आयोगहरूमा सहसचिव प्रमुख रहने गरी कर्मचारीहरूको व्यवस्था गरिएको छ । त्यसले अन्य मन्त्रालयका सचिवहरूसँग सहज ढंगले काम गर्न सक्ने अवस्था नभएकाले सचिवसरहकै कर्मचारीको व्यवस्था गर्न सरकारसँग माग गर्नुपर्ने बाध्यात्मक अवस्था आइरहेको पनि उनले बताए ।

अध्यक्ष अन्सारीले भने, ‘हाम्रा कार्यालयहरूमा सहसचिव प्रमुख रहने व्यवस्था गरिएको छ । अन्य मन्त्रालयसँगको कामलाई सहज बनाउन सचिवसँग परामर्श गर्नुपर्ने हुन्छ । प्रोटोकलका कारण त्यहाँ मन्त्रालयसँग कार्य सम्पादन गर्न नै समस्या पर्ने अवस्था रहेको छ । त्यसकारण ती समस्या समाधानका लागि आयोगहरूमा पनि सचिवसरहको दरबन्दीको व्यवस्था गर्नुपर्ने माग गर्न बाध्य हुनुपरेको हो ।’

ad
ad