
सरकारको न्यूनतम साझा कार्यक्रममा एमसिसी नसमेटिएको भन्दै प्रतिपक्ष दलका नेता केपी ओलीले कटाक्ष गरेका छन् । आजको प्रतिनिधिसा बैठकमा सम्बोधन गर्दै उनले एमसिसी नसमेटिनुको कारण खोजेका हुन् ।
उनले बैठकमा भने, ‘यसले सानामसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसिसी गर्नुभएको थियो जस्तो लाग्छ । एमसिसीको बारेमा यो संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा एमसिसी बिर्सनुभयो कि क्या हो ? यसमा त मैले देखिनँ । अनि केपी ओलीले कतै एमसिसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ । गाली गर्ने अनि मेरै क्लिप बजाएर वातावरण बनाउन खोज्ने ? तपाईंहरूको कार्यक्रममा एमसिसी के गर्नुहुन्छ ? भन्नुपरेन ? चुपचाप लागेको छ । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसिसी तपाईं ? तपाईं त मजबुत प्रधानमन्त्री हुनुहुन्छ, एक सय ६५ सिट साथमा छ । कसैको सपोर्ट चाहिँदैन यहाँ । त्यो एक सय ६५ को सबल जत्थाले के भन्छ ? एमसिसी पास गर्ने, फेल गर्ने ? कि चुप लाग्ने ? त्यही भएर भन्छु– जस्केलाबाट छिर्ने आदत नगर्नु । सरकारमा त छिरियो–छिरियो, सबै कुरा जस्केला ?’