१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २६ मंगलबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकवि देवकोटाको घर भत्काएविरुद्धको रिट सुनुवाइ हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १२:४४:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि मंगलबार न्यायाधीश हरिकृष्ण कार्कीको  एकल इजलासमा सुनुवाइ तोकिएको हो। 

रिटमा अहिलेसम्म भत्काइएको संरचनालाई थप क्षति नपुर्‍याउन अन्तरिम आदेश माग गरिएको छ। साथै भत्काएर नयाँ बनाउन लागिएको संरचनामा त्रुटि रहेको र तयार भएको डिजाइनअनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने जिकिर गरिएको छ। 

रिटमा ०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेका सम्पदा पुनर्निर्माणको उदाहरणसहित देवकोटाको घरको मौलिकता नमासिने गरी बनाउन आदेश माग गरिएको छ। 

रिटमा नेपाल प्रज्ञा प्रतिष्ठानसमेतलाई विपक्षी बनाइएको छ। प्रज्ञा प्रतिष्ठानले नयाँ भवन बनाएर संग्रहालय निर्माण गर्ने योजनाअनुसार करिब ८० वर्ष पुरानो घर भत्काएको बताउँदै आएको छ।