१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ५ शनिबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साफ माल्दिभ्समा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o६:oo

१३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

१३औँ साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो । वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यसअघि सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने तालिका रहेको थियो । तर, आयोजक बंगलादेशले कोभिड– १९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो ।

ad
ad