१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

संयुक्त सरकारको साझा  न्यूनतम कार्यक्रम सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५o:oo

सत्तागठबन्धनले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताको सहमतिपछि आइतबार गठबन्धनले सिंहदरबारमा आयोजित एक समारोहबीच सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो । 

कोभिड– १९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति–सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति–प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुनस्र्थापन, पर्यावरणीय सन्तुलन तथा अन्तर्राष्ट्रिय सम्बन्ध साझा कार्यक्रममा छन् । 

सरकारले कोभिड– १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने तथा शान्ति–सम्झौताका बाँकी कार्यभार र त्यस क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 

ad
ad