१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २३ शनिबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार

वडाका तीन स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २३ शनिबार १४:१६:००

काठमाडौंका स्थानीयवासीले वडाका तीनवटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौं महानगरपालिका-१० स्थित रत्नराज्य माध्यमिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरूले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाका तीनवटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबारबाट सुरु भएको खोप काठमाडाैँ महानगरपालिका-३२ वटै वडाको एक–एक स्थानबाट दिने व्यवस्था गरिएको छ । तर, दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरू धेरै भएकाले वडामा तीनवटा स्थान तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे । उनले भने,'धेरै बाँकी छन्– भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरू । एउटा वडामा तीनवटा ठाउँ तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’