१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २१:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री सचिवालयलाई कांग्रेस प्रवक्ताको ध्यानाकर्षण : ‘काम राम्रो भए जनता आफैँले बनाउनेछन् भिडियो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:३५:oo

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री सचिवालयलाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री सचिवालयले समन्वय गरिरहेको ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने...’ शीर्षकको भिडियो शृंखलामाथि टिप्पणी गर्दै शर्माले उक्त ध्यानाकर्षण गराएका हुन् । 

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने वेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने वेला हो । काम राम्रो भए जनता आफैँले बनाउनेछन्- `भिडियो´, नत्र पार्टीले बनाउला । पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ l `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l जय नेपाल !’

प्रधानमन्त्रीले काम गर्ने वेला हो यो l उहाँलाई सही सल्लाह र साथ दिने वेला हो l काम राम्रो भए जनता आफैँले बनाउनेछन्- `भिडियो´,
नत्र पार्टीले बनाउला !

पहिले फुल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ l `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l जय नेपाल !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 5, 2021
ad
ad