१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

टेलिग्राममा हजारजनासम्मले  भिडियो संवाद गर्न मिल्ने

कम्पनीले हालै घोषणा गरेको नयाँ सेवाअनुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो हुनेछ ।

Read Time : < 1 मिनेट
रासस वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार o६:३३:oo

म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब एक हजारजनासम्मले एकैपटक भिडियो कुराकानी गर्न मिल्ने सेवा उपलब्ध गराएको छ । कम्पनीले आइतबार जनाएअनुसार अब भिडियो कुराकानीमा एकैपटक एक हजारजनासम्म सहभागी हुन सक्नेछन् । 

संयुक्त रूपमा भिडियो कुराकानी, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढिरहेका वेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो । कम्पनीले हालै घोषणा गरेको नयाँ सेवाअनुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो हुनेछ । पटक–पटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन अरू गृहकार्य भइरहेको कम्पनीको भनाए छ ।

टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ । भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

ad
ad