मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ श्रावण १७ आइतबार १४:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ श्रावण १७ आइतबार १४:३९:००

कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् । आइतबार दिउँसो ११ः०० बजे कैलाली मोहन्याल गाउँपालिका– ३ राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका– ४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो । 

आफ्ना बच्चालाई नियमित खोप लगाउन आउने क्रममा आइतबार कर्णालीमा डुंगा खसेको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । डुंगामा सवार १० जनामध्ये तीनजना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । 

बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका– ३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका छोरा रहेका छन् । डुंगा पल्टिँदा पाँचजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छिन् भने एक महिनाका कर्ण सलामी सामान्य घाइते भएका छन् । 

हरेक महिनाको १७ गते बालबालिकालाई बिजौरा स्वास्थ्य चौकीमा खोप लगाइने गरिएको र मोहन्याल गाउँपालिका कार्यालयममा जान एक दिन लाग्ने र बिजौरा आउन आधा घन्टा लाग्ने भएका कारण राँगा मलेखाका सर्वसाधारणले सुर्खेतको बिजौराबाटै सेवा सुविधा लिने गरेको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताए ।