१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
महाकाली नदीको तुइन। फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला घटना : दोषीलाई कारबाही नभए आन्दोलन गर्ने २२ दलको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo

२२ राजनीतिक दलले कूटनीतिक पहलमार्फत दार्चुला घटनामा संलग्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई कारबाही गर्न माग गरेका छन्। २२ राजनीतिक संगठनको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। 

गत शुक्रबार (साउन १५) दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए। सोही घटनालाई लिएर राजनीतिक संगठनले विज्ञप्ति निकालेर सरकारसमक्ष यस्तो माग गरेका हुन्।

एसएसबीकै कारण घटना घटेको तथ्यलाई प्रत्यक्षदर्शीहरूको भनाइले पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। घटनालाई भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुला जिल्ला प्रमुख अधिकारी (सिडिओ) लाई पत्र पठाएर एसएसबीको संलग्नतालाई इन्कार गरेपछि  घटना झनै जटिल बन्दै गएको उल्लेख गरिएको छ। ‘यस्तो अवस्थामा  सरकारले अविलम्ब कूटनीतिक पहल गरीलाई कारबाहीको दायरामा ल्याउने काम गर्न हामी देउवा सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा, सडक संघर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने कुराको पनि हामी जानकारी गराउन चाहन्छौं,’ उनीहरूले भनेका छन्। 

विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (माले),नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च जनसमाजवादी पार्टी, नेकपा (संयुक्त),राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेविक), एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी) र नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्।
 

ad
ad