१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल इको प्यानल बजारमा वार्षिक क्षमता ५ लाख वर्गमिटर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:o७:oo

नेपाल इको प्यानल ब्रान्डका इको प्यानल चाँडै नै बजारमा आउने भएको छ । उत्पादनको अन्तिम तयारी भइरहेकाले दुई हप्ताभित्र नेपाल इको प्यानलको उत्पादन बजारमा आउने भएको हो ।  नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले अहिले उत्पादनको अन्तिम तयारीमा पुगेको जानकारी दिए । उनले भने, ‘अबको दुई हप्ताभित्रै हामीले उत्पादन थाल्ने योजना राखेका छौँ ।’ कम्पनीको कारखाना भक्तपुरको झौखेलमा रहेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं कारखाना राखिएको कम्पनीले जनाएको छ । करिब १० करोड लगानीमा सञ्चालन हुन लागेको यो नेपालकै ठूलो इको प्यानल उत्पादन कम्पनी हुने जनाइएको छ । उद्योगले विभिन्न प्रकारका इको प्यानलहरूको उत्पादन गर्ने जनाएको छ । इपिएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने कम्पनीले उल्लेख गरेको छ । साथै, नेपालमै पहिलोपटक इनोभेटिभ इको प्यानल एरेटेड स्यान्डविच इको प्यानलबनाइने दाबी गरेको छ । कम्पनीले निकट भविष्यमा युपिभिसीका झ्यालढोका पनि उत्पादन गर्ने जनाएको छ । 

इको प्यानल उद्योगका धेरै विशेषताहरूमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात्, इको प्यानलको उत्पादनमा डिजेलको प्रयोग नगरी विद्युत्को मात्रै प्रयोग गर्ने कम्पनीको भनाइ छ ।  कम्पनीको वार्षिक क्षमता ५ लाख वर्गमिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ । सस्टेनेबलिटी इन कन्स्ट्रक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दिगोपना) नाराका साथ कम्पनीले आफ्नो उत्पादन थाल्ने जनाएको छ । 

ad
ad