१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख ३० आइतबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धनुषाधाममा २८ करोड लगानीमा जैविक मल उद्योग खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:१o:oo

धनुषाको धनुषाधाममा आरोह फर्टिलाइजर प्रालिले २८ करोड लगानीमा जैविक मल उद्योग स्थापना गर्ने भएको छ । आगामी वैशाखमा उत्पादन थाल्ने लक्ष्य लिइएको जैविक मल उद्योगको शिलान्यास प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र संघीय सरकारका कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा मन्त्री साहले सञ्चालनमा आउन लागेको उद्योग प्रदेश २ को मात्र नभई नेपालकै लागि गौरवको रहेको बताए । मल उद्योगले हरेक वर्ष हुने मल नपाउने समस्यालाई धेरै हदसम्म समाधान गर्न सक्ने मन्त्री साहले बताए । 

धनुषामा पहिलोपटक ठूलो लगानीमा जैविक मल उद्योग सञ्चालन हुन लागेकाले नेपाली किसानका लागि खुसीको सन्देश रहेको कृषि मन्त्रालयका सचिव कुमार कार्कीले बताए । सुरुवाती अवस्थामै २८ करोडको लागतमा निर्माण हुन लागेको जैविक मल उद्योग नेपालका कृषकहरूका लागि सुखद खबर रहेको उनको भनाइ छ । त्यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्लेले प्रदेश सरकारले जैविक मल उद्योगमा आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताइन् । 

अमेरिकाको वाइमिक्स कम्पनी र भारतको ह्वाइसोड ब्योनेट कम्पनीको प्राविधिक सहयोगमा आरोह फर्टिलाइजरले निर्माण गर्ने जैविक मलले खेतको उर्वराशक्ति बढाउनुका साथै माटोमा रहेको विषादीलाई समेत हटाउने कम्पनीका अध्यक्ष शैलेन्द्रशमशेर राणाले बताए । 

ad
ad