१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २१:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तानी राजदूत शाहले भेटे प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:४९:oo

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीलाई राजदूत शाहले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई सन्देश सुनाएका छन् । पाकिस्तानी राजदूत शाहले प्रधानमन्त्री भएपछि पहिलोपटक देउवासँग भेटवार्ता गरेका हुन् । 

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार भेटमा आपसी हित तथा दुई देशको सम्बन्ध सुदृढ तुल्याउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवाले बधाईका लागि पाकिस्तानी खानलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य, कोभिड– १९ विरुद्धको महामारीमा सहकार्य गर्ने बताएका छन् । कोभिड– १९ विरुद्ध पाकिस्तान सरकारले नेपाललाई गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन् ।

ad
ad