१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इपिएलमा अफ्रिदी काठमाडौं किंग्सबाट खेल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o५:oo

पाकिस्तानका विश्व चर्चित अलराउन्डर सहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् । काठमाडौंले अन्तर्राष्ट्रिय चर्चित खेलाडी आबद्ध गर्ने क्रममा अफ्रिदी नै ठूलो नाम गरेका खेलाडी भित्राएको हो । सोमबार एक कार्यक्रमबीच काठमाडौं किंग्सले आफ्नो आइकोनिक खेलाडीका रूपमा अफ्रिदी चयन गरेको हो । यससँगै काठमाडौं किंग्सले अफ्रिदी इपिएलमा खेल्ने घोषणा गरेको छ । 

काठमाडौं किंग्सका आइकोनिक खेलाडी अफ्रिदीलाई कति रकम खर्चेर अनुबन्ध गरेको खुलाएको छैन । इपिएल ९ देखि २३ असोजसम्म टियू मैदानमा हुनेछ । गत वर्ष कोरोना भाइरसका कारण इपिएल स्थगित भएको थियो । त्यसवेला काठमाडौंले आयरल्यान्डका केभिन ओब्रायन तथा न्युजिल्यान्डका कोरी एन्डरसन अनुबन्ध गरेको थियो । सोहीताका नै इपिएलमा वेस्टइन्डिजका क्रिस गेलको नाम पनि चर्चामा आएको थियो । 

काठमाडौं किंग्समा नेपालकै चर्चित खेलाडी आबद्ध छन् । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा खेलिरहेका नेपालका सन्दीप लामिछाने पनि छन् । यसैगरी दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, मोहमद सेख, सेर मल्ल, सागर पुन तथा दीपेन्द्र रावत छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा फरक स्थान बनाएका अफ्रिदीलाई भित्र्याउन पाउँदा निकै खुसी लागेको काठमाडौं किंग्सले जनाएको छ । उनको उपस्थितिले इपिएलले फरक उचाइ लिने काठमाडौं किंग्सको भनाइ छ । नेपाल क्रिकेट संघ तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले इपिएललाई मान्यता दिएको छ । 

को हुन अफ्रिदी ? 
अफ्रिदी पाकिस्तानका पूर्वकप्तान हुन् । उनको नेतृत्वमा पाकिस्तानले आइसिसी टी–२० विश्वकप उपाधि जितेको थियो । सन् १९९५ देखि २०१८ सम्म पाकिस्तानी टोलीमा रहँदा अफ्रिदीले विश्व क्रिकेटमा फरक किसिमको ब्याटिङ नमुना देखाए । इनिङ्सको पहिलोदेखि अन्तिम बलसम्म आक्रामक रूपमा ब्याटिङ गर्नुपर्ने शैली उनले विकास गरे । विश्व क्रिकेट क्षेत्रमा उनी विस्फोटक ब्याटिङका रूपमा चिनिन्छन् । एकदिवसीय खेलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान नै अफ्रिदी हुन् । 

क्रिकेटको तीनवटै फम्र्याटमा आक्रामक ब्याटिङ गर्न रुचाउने अफ्रिदीले अन्तिमपटक पाकिस्तानी टोलीबाट सन् २०१८ को ३१ मेमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गरेका थिए । अफ्रिदीले सन् १९९६, २ अक्टोबरमा केन्याविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । 

अन्तर्राष्ट्रिय क्रिकेटमा २३ वर्ष राज गरेका अफ्रिदी ओपनिङ तथा मध्यक्रममा त्यत्तिकै राम्रो ब्याटिङ गर्न सक्छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि अफ्रिदी पछिल्लो समय टी–२० फ्रेन्चाइज लिगमा व्यस्त छन् । विशेषत लामो छक्का प्रहार गर्न उनी माहिर छन् । ब्याटिङ साथै स्पिन बलमा पनि उत्तिकै राम्रा खेलाडीमा पर्छन् । ९९ अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले एक हजार चार सय १६ रन बनाएका छन् । यस फम्यार्टमा उनले ७३ छक्का र एक सय तीन चौका प्रहार गरेका छन् ।  यसैगरी टेस्ट खेलमा उनले २७ पटक पाकिस्तानी जर्सीबाट प्रतिस्पर्धा गर्दा पाँच शतकका साथ एक हजार सात सय १६ रन बनाएका छन् । 

टेस्ट खेलमा उनले ५२ छक्का र दुई सय २० चौका ठोकेका छन् । एकदिवसीय खेलमा उनले तीन सय ९८ खेलमा ६ शतकको सहयोगमा आठ हजार ६४ रन बनाएका छन् । एकदिवसीयमा उनले तीन सय ५१ छक्का तथा सात सय ३० चौका प्रहार गरेका छन् । कुनै समय पाकिस्तान टोलीकै संकट मोचन मानिएका अफ्रिदीले स्पिन बलिङमै घातक प्रदर्शन गर्थे । उनले टेस्टमा ४८, एकदिवसीयमा तीन सय ९५ तथा टी–२० खेलमा ९८ विकेट लिएका छन् । उनको नाममा लिस्ट ए खेलमा पाँच सय १० तथा पहिलो श्रेणीमा दुई सय ९८ विकेट छ । 

अफ्रिदी भन्छन्, नेपालबारे खासै थाहा छैन, तर नेपालीहरू क्रिकेटमा क्रेजी छन्

नेपाल आएको छैन र यहाँको क्रिकेटबारे खासै जानकारी छैन । तर, नेपाली समर्थक क्रिकेटका लागि निकै क्रेजी छन भन्ने सुनेको छु । यस्तो देशमा गएर क्रिकेट खेल्न उत्साहित छु ।

नेपालीहरूको क्रिकेटप्रतिको मायाले इपिएलमा खेल्न उत्साहित बनाएको हो । यस कारण नै म काठमाडौं किंग्ससँग जोडिएँ । इपिएलमा कति छक्का प्रहार गर्न सक्छु, भन्ने पिचको अवस्थाअनुसार हुन्छ । मलाई कस्तो बल आउँछ भन्ने कुरामा भर पर्छ ।

सकेसम्म धेरै छक्का प्रहार गरी नेपाली क्रिकेटप्रेमीलाई खुसी दिन चाहन्छु । र, नेपालीहरूको आतिथ्यता र सत्कार सबैभन्दा राम्रो हुन्छ भन्ने पनि सुनेको छु । नेपाली युवा खेलाडीसँग डे«सिङ सेयर गर्ने अवसलाई मैले पूर्ण रूपमा सदुपयोग गर्ने छु । युवा खेलाडीहरूलाई आफूले जानेको जति सिकाउने छु । 

ad
ad