१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रको प्रस्तावमा विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४४:oo

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न राखेको प्रस्तावप्रति आपत्ति जनाएका छन् । पाण्डेले ट्विटमार्फत घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशिता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको बताएका छन् । 

उनले विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ रहेको उनले बताएका छन् । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ भएको पनि उनले बताएका छन् । 

यसअघि मिश्रले बहसका लागि भन्दै ४४ पृष्ठ लामो धारणा सार्वजनिक गरेका थिए । मिश्रले स्थानीय तहको पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।

ad
ad