१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पार्टीमा फर्किए माधव नेपाल पक्षलाई आममाफी : अध्यक्ष ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:५२:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले यस्तो अपराधपूर्ण काम किन गरेको भन्दै स्पष्टीकरण पत्र पठाएको भलिपल्ट ओलीले यस्तो घोषणा गरेका हुन्। 

बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले नेपाल पक्ष पार्टीमा फर्किए ‘एम्नेष्टी इज ग्रान्टेड’ भएको बताए। उनले एमालेलाई कस्तै रोक्छु भन्ने कल्पना नगर्न चेतावनी दिए। ‘बाटो विराएका भड्किएका साथिहरुलाई भन्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहान्छु एकताका लागि जे सुकै भएको होस्, यस पार्टी र आन्दोलनको एकताका लागि, –सबैलाई ‘एम्नेष्टी इज ग्रान्टेड’, ओलीको भनाइ थियो।

एमाले कांक्राको चिचिलो नभएको बताउँदै उनले भने, ‘एमाले कांक्राको कुनै चिचिलो होइन औंला ताक्ने वित्तिकै कुहिने।’ आफ्नो सरकारलाई कसैले हल्लाउन नसकेपछि अदालतको सहारा लिएको उनको भनाई छ।

ad
ad