१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

देशभर २,७१४ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o४:oo

पछिल्लो २४ घन्टामा देशभर दुई हजार सात सय १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार आठ सय ५५ र एन्टिजेन परीक्षणमा आठ सय ५९ जनामा संक्रमण देखिएको छ । 

यो अवधिमा नौ हजार एक सय १२ जनाको पिसिआर परीक्षण र तीन हजार सात सय सातजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

मंगलबार एक हजार दुई सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
 

ad
ad