मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले भने– दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि माधव नेपालले मानेनन्, अनेक बहाना खोजिरहे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३७:oo

एमाले अध्यक्ष केपी ओलीले दोस्रो अध्यक्ष बनाउन तयार हुँदासमेत वरिष्ठ नेता माधवकुमार नेपालले एकतामा इच्छा नदेखाएको बताएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाएर भए पनि पार्टी एकता कायम राख्न आफूले प्रयास गरेको बताएका हुन् । तर, नेपालले एकताप्रति इच्छा नदेखाएको र अनेक बहाना खोजिरहेको ओलीको आरोप छ । 

नेपालले केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेकोसमेत ओलीले बताए । आफूहरूलाई निकाल्नका लागि केन्द्रीय कमिटीमा बहुमत मागेको दाबी गर्दै ओलीले त्यस्तो हुन नदिने बताएका थिए । नेकपामा हुँदा आफूलाई बहुमतको नाममा साधारण सदस्यबाट निष्कासन गरेको ओलीले स्मरणसमेत गराएका थिए ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टी एकताका लागि अध्यक्षले अधिकतम प्रयास जारी राख्ने बताएको जानकारी दिए । एकता भएमा सबै संरचनाहरू २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुनेसमेत ओलीले बताएका छन् । ओलीले १०बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । 

केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्षले पुरानो परिवेशमा नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेको विषय राखेको बताए । ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले नयाँ पत्रिकासँग भने, ‘अध्यक्ष बनाउन प्रस्ताव गरेको थिएँ, तर, मान्नुभएन, प्रचण्डसँग जानुभयो ।’  

पोलिटब्युरो सदस्य लालबाबु पण्डितले अध्यक्षले पार्टी एकताका लागि अधिकतम प्रयास जारी राखेको बताएको जानकारी दिए । बैठक जारी रहेको भन्दै पण्डितले बिहीबारको बैठकमा विषयवस्तु खुलस्त हुने बताए । 

पोलिटब्युरो सदस्य युवराज कार्कीले शीर्ष तहमा सहमतिको सम्भावना रहने भए पनि अहिले नै त्यस्तो अवस्था नबनेको बताए । ‘अध्यक्ष लचिलो बन्नुभएको थियो, तर शेरबहादुर देउवालाई उहाँहरूले (माधव नेपाल पक्ष) विश्वासको मत दिएपछिको अवस्थामा त्यस्तो सम्भावना तत्काल देखिएको छैन ।’