मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी स्थायी कमिटी बैठक : सरकारका न्यूनतम साझा कार्यक्रम तुरुन्तै तय गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद र पार्टीलाई धन्यवाद दिएको छ। आज बसेको बैठकले संविधान र लोकतन्त्रको पक्षमा उभिने पार्टी र सांसदहरूलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

यस्तै गठबन्धन र सरकारका नीति, योजना, आचरण र कामकारबाहीलाई स्वच्छ बनाउने गरी काम गर्ने माओवादीले निर्णय गरेको छ। ‘हिजो सरकामा जुन प्रवृत्ति देखियो। त्यसको विरोधमा संघर्ष गर्‍याैँ, त्यसको पुनरावृत्ति आउन नदिने गरी काम गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसैअनुसार बैठकले निर्देशन दिएको छ।’ 

सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ। गठबन्धनको साझा कार्यक्रम तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेर कार्यदलका सदस्यलाई निर्देशन दिएको उनले बताए। माओवादी केन्द्रले साउन २० गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसको गृहकार्यका लागि साउन १७ गते स्थायी समितिको बैठक बस्नेछ। 

नेकपाका संस्थापक नरबहादुर कर्मचार्यको स्मृति साउन ९ गते पार्टी केन्द्रीय कार्यालयमा मनाउने र देशभरिका जिल्ला पार्टीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने प्रवक्ता श्रेष्ठले बताए। बैठकमा सरकारमा जाने मन्त्रीको नामबारे छलफल नभएको उनले बताए।