१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनले आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका टोकियो
Invalid date format १५:o३:oo

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ब्रिसबेनलाई ३५औँ ओलम्पिक आयोजना गर्न दिने निर्णय गरेको हो।

सन् २०३२ को ओलम्पिक आयोजना गर्ने ब्रिसबेनको एकल प्रस्तावमा मतदान भएको थियो। मतदानमार्फत ब्रिसबेनले ओलम्पिक आयोजना गर्ने अनुमति पाएको हो।

योसँगै ब्रिसबेन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको तेस्रो सहर बनेको छ। यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी सहरले ओलम्पिक आयोजना गरेका थिए।

यसको लागत पाँच बिलियन डलर तथा आम्दानी १७ बिलियन डलर हुने अनुमान गरिएको छ।