मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
२०७८ श्रावण ४ सोमबार १३:२१:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

मनाङको पर्यटन क्षेत्र बाढीले थप प्रताडित

Read Time : > 2 मिनेट
२०७८ श्रावण ४ सोमबार १३:२१:००

कोरोना महामारीका कारण विश्वभरका पर्यटन क्षेत्र सुनसानजस्तै बनेका छ । यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा नपर्ने कुरै भएन । तर, महामारीले थिलथिलो बनेका नेपालका केही पर्यटकीय गन्तव्यमा बाढी–पहिरोले थप क्षति पुर्‍याएको छ ।कोरोना महामारी नियन्त्रणउन्मुख भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग पर्यटकको पर्खाइमा थियो । पर्यटकीय सिजन सुरु हुनैलाग्दा यस क्षेत्रका व्यवसायीहरू पनि पर्यटकलाई स्वागत गर्न आतुर थिए । उनीहरू अघिल्लो साल सन् २०२० मा महामारीले पु¥याएको क्षतिसमेत उकास्ने सोचमा थिए । तर, १ असारमा आएको बाढी र पहिरोले उनीहरूको सोच क्षत्विक्षत बनेको छ ।

पदमार्गका होटेल बगा

 

१ असारमा आएको बाढीले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङमा १० वटा पर्यटकीयस्तरका होटेल बगाएको छ । मनाङको नासोँ गाउँपालिकाको धारापानी र चामे गाउँपालिकाको चामेबजारका होटेलहरू मस्र्याङ्दीको बाढीले क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । कोरोनाले थलिएका व्यवसायी बाढीका कारण झन् पीडित बनेको होटेल व्यवसायी अस्मिता गुरुङले बताइन् । 

बगर बन्यो ताल गाउँ 
अन्नपूर्ण पदमार्गको एउटा आकर्षक गन्तव्य ताल पनि गाउँ हो । पर्यटकहरू यही बाटो हुँदै माथिल्लो मनाङको यात्रामा निस्कन्थे । तर, १ असारमा मस्र्याङ्दीमा आएको बाढीले तालगाउँ बगर बनेको छ । तालका राजन गुरुङले तालको रूप नै परिवर्तन भएको बताए । ‘बस्तीमा अहिले बालुवा, काठको मुढा र ढुङ्गामाटो मात्र छ’ उनी भन्छन् ‘तालको सुन्दरबस्ती अहिले बगरमा परिणत भएको छ ।’ तालगाउँका ५५ घरमध्ये अहिले केही घर मात्रै बाँकी छन् । यहाँका अधिकांश घरमा पर्यटक बस्थे । 

तातोपानी कुण्ड बग्यो 
१ असारको बाढीले सदरमुकाम चामेबजारनजिकै रहेको तातोपानी कुण्ड पनि बगाएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भने, ‘मनाङ पुग्ने पर्यटक तातोपानी कुण्डमा नपुगी फर्कँदैनथे । अब त कुण्डको नामनिसाना छैन ।’ यो कुण्ड चामे गाउँपालिका–५ मस्र्याङ्दी पारी थियो ।

मनाङ सडक सम्पर्कबाट विच्छेद
बाढीले हिमाली जिल्ला मनाङको सडक सम्पर्क पनि टुटेको छ । बेलिब्रिज, झोलुङगे पुल बगाउनुको साथै सडकसमेत बगाएको छ । माथिल्लो मनाङमा जोड्ने बेलिब्रिज पुरिएको मनाङका डिएसपी सुवास खड्काले बताए । उनले भने’ ‘चामे गाउँपालिकाको वडा नम्बर ४ र ५ लाई जोड्ने पुलमा समेत बाढीले क्षति पु¥याएको छ ।’

चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बाढीले बेलिब्रिजसँगै झोलुंगे पुलमा समेत क्षति पु¥याएको बताए । सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीका अनुसार सडक अवरुद्ध भएसँगै खाद्यान्न, बिजुली र टेलिफोनसमेत अवरुद्ध भएको बताए । विदेशी र आन्तरिक पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा एक वर्षदेखि मनाङका पर्यटकीय गाउँ सुनसान छन् ।

पाहुना नपाउँदा पर्यटन व्यवसायी कामविहीन भएका छन् । यो पदमार्गमा एक वर्षअगाडिसम्म आन्तरिक र बाह्य पर्यटकको लर्को लाग्ने गर्दथ्यो ।  एक वर्षदेखि पदमार्गमा पर्यटक देख्नै रहर भएको छ । विदेशी र आन्तरिक पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्रमा रहेको मनाङ वर्षोँदेखि सुनसान छ ।

पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायी कामविहीन भएका छन् । सिजनको समयमा दैनिक पाँच सय देखि एक हजार स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने मनाङ यतिबेला सुनसान बनेको मनाङका पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङले बताए । उनी भन्छन्, पर्यटक नआउँदा पर्यटन व्यवसाय नै बन्द गर्नुपरेको छ कोरोनाले व्यवसाय नै धराशयी बनायो । पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायीहरूको रोजीरोटी नै गुमेको छ ।

राहतको पर्खाइमा मनाङवासी
मनाङका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । मनाङका होटेल व्यवसायी यमबहादुर घले दुई वर्षअघि यही समयमा होटेलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नु परेको सम्झन्छन् । उनी भन्छन्, ‘एक वर्षदेखि होटेल व्यवसाय ठप्प छन् । गुल्जार बजार सुनसान छन् ।’स्वदेशी तथा विदेशी पर्यटकको खचाखच हुँदा सबैखाले व्यवसायीको राम्रै कमाइ हुन्थ्यो । तर, पछिल्लो दुई वर्ष पर्यटक आउजाउ ठप्प छ । मनाङमा तीन सयभन्दा बढी होटेल छन् । एक करोडदेखि १० करोड लगानीमा बनेका होटेलसमेत छन् । मनाङका पर्यटन व्यावसायी विनोद गुरुङ राज्यले पर्यटन व्यवसायीका लागि राहत प्याकेज ल्याउनुपर्ने बताए । उनी भन्छन्, ‘पर्यटनलाई उठाउन सरकारले राहत प्याकेज ल्याए मात्र सम्भव छ ।’

मनाङका आकर्षण
मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्ला पास, लार्के पास, कालापास, तिलिचो ताल अवलोकनका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक भिड लाग्छ ।लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ । त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् हुँदै मनाङको ताल, बगरछाप, चामे हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कन पुग्छन् ।

पदयात्राका सौखिनका लागि प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भन्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक भाग्यमानी ठान्छन् । यो पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो ।

पर्यटकको रोजाइमा मनाङको चामे, तिमाङ, दानाक्यु, बगरछाप, धारापानी, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङसार, तिलिचो बेसक्याम्प, थोराङ फेदी, नार र पूmलगायतका स्थान पर्छन् । सिजनमा मनाङका खर्क अनि घाँसे मैदानहरू हरियो हुने र त्यहाँ लगाइएको फापर र उवा फुलेको मनोरम दृश्यले पनि जोकोहीलाई आकर्षित गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतम बताउँछन् ।