१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

११ वर्षपछि सञ्चालनमा आयो सिँगटी–लामोसाँघु प्रसारणलाइन  

 निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:२२:oo

११ वर्ष अघिदेखि निर्माण सुरु भएको सिँगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन पूरा भई बिहीबारबाट सञ्चालनमा आएको छ । झन्डै एक महिनाअघि निर्माण सम्पन्न भएको सिँगटी–लामोसाँघु प्रसारणलाइन सबै परीक्षणपश्चात् बिहीबार बेलुकीबाट  सञ्चालनमा आएको हो । 

ठेकेदार कम्पनीको बेवास्ताले ११ वर्षदेखि अलपत्र रहेको प्रसारणलाइन बल्ल पूरा भएको हो । प्रसारणलाइन निर्माण पूरा भएसँगै दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी क्षेत्रले उत्पादन गर्ने विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।  

प्रसारणलाइनको सिंगल सर्किट बिहीबार बेलुका चार्ज गर्ने काम पूरा भएको आयोजनाले जनाएको छ । प्रसारणलाइन सञ्चालनमा आएसँगै दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजना उक्त लाइनमार्फत नेसनल ग्रिडमा जोडिने भएका हुन् । 

प्रसारणलाइन निर्माण आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले सबै संरचनाको सफल परीक्षणपछि बिहीबारबाट सञ्चालनमा आएको जानकारी दिए । निर्माण पूरा भएका केही टावरमा प्रोटेक्सनको काम सम्पन्न भएको र  इन्सुलेसन टेस्टिङको कामसमेत पूरा गरी लाइन चार्ज सुरु गरिएको आयोजना प्रमुख ढुंगेलले बताए ।

यसअघि  केही ठाउँमा लाइन क्लियर गर्ने समस्याका कारण पनि केही दिन ढिलो भएको र बीचमा  नेपाल प्राधिकरणको व्यवस्थापन तहसँगको सहकार्यमा प्रसारणलाइन सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 
 

ad
ad