मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३० बुधबार १८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३० बुधबार १८:१७:००

कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा न्यायाधीशहरू अब्दुलअजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । 

गच्छदारसँग अदालतले बालुवाटार जग्गा प्रकरणमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बयान लिएको थियो । त्यसपछि थुनछेक बहस चलेको थियो ।