१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसलाले नेपाली जनताको जित भयो, न्यायालयको गरिमा बढ्यो : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:५२:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले नेपाली जनताको जित भएको बताएका छन् । सर्वोच्चको फैसलापछि भिडियो सन्देश जारी गर्दै प्रचण्डले न्यायालयको गरिमा बढेको बताएका छन् । 

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई भएको भन्दै उनले संविधानमाथि प्रहार हुँदा सर्वोच्चले सच्याएको उनले बताए । संविधान र सर्वोच्चको अघिल्लो फैसलाको मर्मलाई हेरेर आफूले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने विश्वास लिएको उनले बताए । 

प्रचण्डले ओली सरकारबाट जनता आहत भइसकेको दाबी गरे । उनले जनताको विश्वासलाई दायाँबायाँ हुन नदिने प्रतिबद्धता पनि जनाए । 
 

ad
ad