१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सगरमाथामा फहराएको एभरेष्ट बैंकको झन्डा आरोहीद्वारा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१७:oo

सगरमाथामा जेठ १६ गते फहराइएको एभरेष्ट बैंकको लोगोअंकित झन्डा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गरिएको छ । कम्पनीका ब्रान्ड फेससमेत रहेका आरोही मिङ्मा डेबिड शेर्पाले प्रमुख कार्यकारी अधिकृत सन्धीर कुमारलाई झन्डा हस्तान्तरण गरेका हुन् । 

झन्डा हस्तान्तरण कार्यक्रममा ग्रीष्मकालमा माउन्ट केटूको सफल आरोहण गरेका आरोही सोनाम शेर्पालाई सम्मान पनि गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरू केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थितिमा सम्मान गरिएको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा १ सय ३ शाखा, १ सय ३५ एटिएम तथा ३१ राजस्व संकलन केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad