१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा परेको निवेदन खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:२८:oo

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेज भएको छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्न दिएको निवेदन आयोगको बैठकले खारेज गरेको हो ।

पूर्वमाओवादी केन्द्रका नेताहरू लिलबहादुर थापा, रामचन्द्र मण्डल र अधिवक्ता सरोज बुढाथोकी गत बुधबार निर्वाचन आयोग निवेदन दिएका थिए । 

निवेदनअनुसार दाबी नपुगेकाले निवेदन खारेज भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । पूर्वमाओवादी केन्द्रका नेताहरू निवेदनाबारे बुझ्न पटकपटक निर्वाचन आयोग गएका थिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्वमाओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । कारबाही अवैधानिक भएको र माओवादी केन्द्रलाई निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पनि नभएको उनीहरूको दाबी थियो । 

ad
ad