१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरू छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo

कांग्रेसको आसन्न १४औँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने सम्बन्धमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच सामूहिक छलफल चलिरहेको छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको पहलमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच पहिलोपटक एकै ठाउँमा छलफल भएको हो ।

काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री रामशरण महत र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी छन् ।

आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट एकजनाले मात्रै उम्मेदवारी दिनुपर्ने भन्दै नेता केसीले छलफल गराएका हुन् । ‘देउवाजीको नेतृत्वमा अब पार्टीले गति लिन सक्दैन । त्यसमा हामी सबैजना एकमत नै छौँ । फेरि सबैजना विभाजित भएर उहाँलाई जित्न सक्ने अवस्था पनि छैन । त्यसैले संस्थापनइतर पक्षबाट एकजना मात्रै उम्मेदवार बनौँ, सम्भावित व्यक्तिलाई अघि सारौँ । युवाहरूलाई समेटौँ । त्यस्तो नभए त म पनि सभापतिकै दाबेदार हुँ भनेको छु,’  केसीले नयाँ पत्रिकासँग भनेका थिए । 

संस्थापन पक्षबाट सभापतिका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधि आकांक्षी छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ । 

ad
ad