१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार २o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारमा एमाले कार्यदल बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार २o:२८:oo

सत्तारुढ एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो स्थगित भएको बैठक साँझ बसेको हो । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा सहमतिको प्रयास गरिने सदस्यहरूले बताएका छन् ।  कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलको छलफलमा विषयवस्तुहरूमाथि समझदारी जुटेको बताएका छन् । उनका अनुसार भाषिक रूपमा सहमतिको मस्यौदालाई अन्तिम रूप दिनेबारे छलफल हुनेछ । 

दिउँसोको बैठकपछि ज्ञवालीले पार्टीलाई  ०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयको विवादको विषयमा समझदारी बनेको ज्ञवालीले बताएका थिए । उनले भनेका थिए, ‘पार्टीलाई ०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयमा समझदारी बनेको छ र त्यसलाई अन्तिक रूप दिनेछौँ ।’

ad
ad