१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२०७८ असार २४ बिहीबार १२:४८:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गरिबको बोल्दिने कोही छैन (फोटोफिचर)

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७८ असार २४ बिहीबार १२:४८:००

असार १६, १७, १८ र १९ गतेको अविरल वर्षाले उठिबास लागेका महाेत्तरीकाे सोनमा गाउँपालिका वडा नम्बर ३ खखनाका धनकी भण्डारी माली र उनकी श्रीमती पार्वतीदेवीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिइरहेकाे छ । सडकभन्दा होचो ठाउँमा रहेकाे फुसको घरमा वर्षाको भल पसेपछि उनीहरू बेसहारा बनेका हुन् ।

धनकी शारीरिक रूपमा असक्त छन् । उनीहरूका दुई छोरा मदन र जोदन मजदुरीका लागि जेठ अन्तिम साता भारतको पन्जाब गएका छन् । उनीहरू करिब ६ धुर जग्गामा छुट्टाछुट्टै  बनाइएकाे फुसको छानो भएको घरमा बस्थे । बैसाकीको सहारामा फूलमाला बेचेर गुजारा गर्दै आएका धनकीलाई वर्षाले अर्काे बज्रपात थपिदिएकाे छ। 

अविरल वर्षाले शिर लुकाउने छानो खसालेपछि उनीहरूको उठीबास लागेको हो । कलिला बालबच्चा च्यापेर छिमेकीकाे शरणमा पुगेकाे माली परिवार यतिवेला राहतको आसमा  छ ।  

धनकीको घर वर्षाले पूर्ण क्षतिग्रस्त बनेपछि स्थानीयले निकाय र प्रहरीलाई खबर गरे । उनीहरूले नाम टिपे, धनकी परिवारलाई राहत पाइने आशा जाग्यो । तर, यतिका दिनसम्म राहत लिएर कोही आएनन् । ‘हामी गरिबका लागि सहयोग गर्ने र बोलिदिने कोही छैन हजुर,’ धनकीले दुःखेसो गरे । यता, वडाध्यक्ष पुलिन्द्रकुमार यादव भने समस्या समाधानका लागि प्रयास भइरहेको बताउँछन् । 

गाउँमा केही पक्की सडक बनाइए पनि नालाको व्यवस्था नहुँदा पानीकाे निकास छैन । जसका कारण सिधै पानी गरिबका झुपडीमा पुग्छ । अहिले धनकी स्थानीय तहले सडकसँगै नाला नबनाउँदाकाे मारमा परेका छन् । तर, स्थानीयकाे दुःखमा जनप्रतिनिधिलाई ताताे लागेकाे छैन । 

सोही ठाउँमा वर्षाको पानी निस्कने ठाउँ नहुँदा उपेन्द्र भण्डारी र  सिकिन्द्र भण्डारीको समस्या पनि धनकीको परिवारको जस्तै छ ।  त्यस्तै, मनरा सिस्वा नगरपालिका– ९ का शिवशरण साहको घर पनि वर्षाले पूर्ण क्षति गराएको छ । वडा नं. १ का नागेन्द्र रामको गाईगोठ भत्किएको छ ।  वडा नं. ४ का रामसेवक सहनीको घरमा  पूर्ण क्षति पुगेको छ ।