१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:o९:oo

बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजारनजिकै दुर्घटना भएको हो । 

सिगास गाउँपालिका– ३ का अन्दाजी ४५ वर्षीय मानसिंह साउद र ६५ वर्षीय रामसिंह धामीको घटनास्थलमै र ५० वर्षीय जयसिंह धामीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

सिगास गाउँपालिका– ३ का ५५ वर्षीय कृष्ण साउद, २५ वर्षीय राजेन्द्र धामी, २० वर्षीय लोकेन्द्रसिंह धामी, ४५ वर्षीय दलवीरसिंह साउद, ४२ वर्षीय गौमती साउद, ३० वर्षीय करनसिंह धामी, ४० वर्षीय बास्मती धामी, १९ वर्षीय लोचन धामी, ४० वर्षीय शेरसिंह धामी र २० वर्षीय सरस्वती साउद घाइते भएका छन् । यस्तै, सिगास गाउँपालिका– ८ लुपुडका १० वर्षीय लक्ष्मणसिंह बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ । जिपचालक फरार रहेको प्रहरीले जनाएको छ ।
 

ad
ad