१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले विवाद : समिट होटेलमा तीनबुँदे मस्यौदामा सहमति खोज्ने ‘निर्णायक कसरत’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:२४:oo

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरूले ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा सहमति खोज्ने ‘निर्णायक कसरत’ गरिरहेका छन् ।

दुवैतर्फबाट आठ नेता सहभागी बैठकमा उपप्रधानमन्त्री विष्णु पौडेलले सहमतिका लागि प्रस्तुत गरेको तीनबुँदे मस्यौदालाई अन्तिम रूप दिने गरी सहमति खोज्ने प्रयास चलिरहेको एक नेताले बताए । 

पार्टीका सबै सांगठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने, सर्वाेच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश माग गर्दै दायर भएको रिटमा पार्टीका केही सांसदका तर्फबाट भएको हस्ताक्षर र प्रतिनिधिसभा विघटन दुवै अन्तर्विरोधको परिणाम भएकाले अदालतबाट आउने जुनसुकै फैसलालाई मानेर अगाडि बढ्ने, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारलाई नै अगाडि बढाउने विषयलाई मस्यौदामा समेटिएको स्रोतले जनाएको छ । ‘तीनै विषयलाई काँटछाँट गरेर नेतृत्वसँगसमेत परामर्श लिएर अन्तिम रूप दिने प्रयास चलिरहेकाले छलफल निर्णायक हुन पनि सक्छ,’ स्रोतले भन्यो ।

छलफलमा संस्थापन पक्षबाट उपप्रधानमन्त्री पौडेल, सुपास नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् ।

ad
ad