१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
जिल्ला अस्पताल लमजुङमा प्रयोगमा नआएका भेन्टिलेटर
२o८१ बैशाख ३० आइतबार १७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङ र लमजुङमा थन्किए भेन्टिलेटर

प्रदेश सरकारले भेन्टिलेटर दियो, तर चलाउने जनशक्ति दिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:३१:oo

कोरोना महामारीका वेला गण्डकी प्रदेश र संघीय सरकारले दिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पताल मनाङ र लमजुङमा सरकारले दिएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् । 

मनाङ जिल्ला अस्पतालमा ०७७ असारमा गण्डकी प्रदेश सरकाले दुईवटा भेन्टिलेटर दिएको थियो । अस्पतालमा भेन्टिलेटर पुगे पनि चलाउने जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । 

अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक वर्षअगाडि भेन्टिलेटर पुगेको हो । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन,’ अस्पतालकी डा. प्रतिभा गौलीले भनिन्, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’ 

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको गौलीको भनाइ छ । 

मनाङमा जटिल बिरामीका लागि भेन्टिलेटरको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन नसकेको गौली बताउँछिन् । उनी भन्छिन्, ‘अस्पतालमा जनशक्तिको पनि अभाव छ, विशेषज्ञ डाक्टर पनि छैनन् । श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्नुपर्ने बिरामीलाई पोखरा, काठमाडौं पठाउनुपरेको छ ।’

अघिल्लोपटक कोरोनाको असर कम मात्रमा देखिएको हिमालपारिको जिल्ला मनाङमा दोस्रो लहरको प्रभाव समुदायस्तरमा देखापरेको छ । मनाङमा कोरोना महामारीको दोस्रो लहरमा एक सय २४ जना संक्रमित भइसकेका छन् । 

लमजुङमा पनि जनशक्ति अभावले प्रयोगमा आएन
जिल्ला अस्पताल लमजुङमा पनि दक्ष जनशक्ति अभाव हुँदा भेन्टिलेटर प्रयोगमा आएको छैन । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा ०७७ पुसमा प्रदेश सरकारले दुईवटा भेन्टिलेटर र संघ सरकारले एउटा भेन्टिलेटर सहयोग गरेको बताए । 

भेन्टिलेटरको सामान आएसँगै पाँच बेडको आइसियू बेड स्थापना गरे पनि दक्ष जनशक्ति नहुँदा प्रयोगमा नआएको हो । कोरोना महामारीका वेलामा अस्पतालमा आइसियूको आवश्यकता हुने भए पनि जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटर सञ्चालनमा नआउँदा समस्या भएको छ । जिल्लाबाट कोरोनाका तीन–चारजना जटिल बिरामीलाई जिल्लाबाहिर रिफर गरिएको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।  

ad
ad