१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:१३:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विपक्षीको अवरोधपछि प्रदेश १ सभाको बैठक स्थगित, सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्ने माग 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

रोस्ट्रमबाटै सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षी दल माओवादी केन्द्रका सांसदले अवरोध गरेपछि प्रदेश १ सभाको सोमबारको बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई रोस्ट्रमबाटै अमर्यादित शैलीमा गाली गरेको भन्दै विपक्षी दल माओवादी केन्द्रका सांसदहरूले अवरोध गरेपछि सोमबारको प्रदेश सभाको बैठक स्थगित भएको हो । 

गरिमामय संसद्को बैठकमा रोस्ट्रमबाटै अमर्यादित शैलीमा बोल्दै सांसदहरूलाई गाली गर्ने भौतिक पूर्वाधारमन्त्री गुरुङले संसदमा आत्मआलोचनासहित माफी माग्नुपर्ने र उनले गाली गरेका सबै कुराहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दल माओवादी केन्द्रको छ । 

सोमबार प्रदेश १ सभामा सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित बजेटबारे छलफल हुने कार्यसूची थियो । तर, दिउँसो साढे १२ बजे सुरु भएको संसद्को बैठकको सुरुमै विपक्षी दल माओवादी केन्द्रका सांसदहरूले उठेर अवरोध पु¥याए । त्यसपछि पटक–पटक सभामुख प्रदीपकुमार भण्डारीले आशन ग्रहण गर्न आग्रह गरे पनि नमानेपछि उनले आफ्ना कुरा राख्न पाँच मिनेटको समय उपलब्ध गराए । 

सभामुखको आग्रहअनुसार माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले रोस्ट्रममा गएर सांसदलाई गाली गर्ने भौतिक पूर्वाधारमन्त्रीले आत्मआलोचनासहित माफी नमागेसम्म संसद्को बैठक सुचारु हुन नदिने चेतावनी दिए । त्यसपछि सभामुख भण्डारीले सोमबारको बैठक मंगलबारसम्मका लागि स्थगित गरेको घोषणा गरे । 

आइतबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेश १ का भौतिक योजनामन्त्री गुरुङले पदीय जिम्मेवारीभन्दा बाहिर गएर आफैँ गृहजिल्ला ओखलढुंगाका विपक्षी दल माओवादी केन्द्रका सांसद मोहनकुमार खड्कालाई ‘तपाईं भिजन नभएको नेता हो, सुध्रिएर आउनुहोस्’ भनेका थिए । सांसद खड्काले उठाएका प्रश्नहरूको सभ्य रूपले जवाफ दिन छाडेर तीन वर्षसम्म जिल्लामा योजना लान नसकेको, मुख्यमन्त्री र आफूसँग समन्वय नगरेको, तर आफूले लाँदा आरिस गरेर भ्रम छर्न चर्को विरोध गरेको भन्दै मन्त्री गुरुङ सांसद खड्काप्रति आक्रोशित भएका थिए ।