१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
छक्कबहादुर लामा
२o८१ बैशाख ३१ सोमबार २१:११:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

चुरे निकासीजन्य वस्तु होइन, सम्पदा हो

Read Time : > 3 मिनेट
छक्कबहादुर लामा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:११:oo

फेसबुकमा चुरेको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूका सल्लाहकारले दिएको आफूसँग जे छ उही बेच्ने त हो नि भन्ने खालको एउटा अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति पढन पाएँ । यो त एउटा सार्वजनिक हैसियत नभएको व्यक्तिले दिने अभिव्यक्ति भयो । आमबुद्धिजीवीले बुझेको त बाहिरी रूपमा प्रधानमन्त्री ठूलो भए पनि भित्री सारमा प्रधानमन्त्रीको सल्लाहकार ठूलो हुन्छ भन्ने हो । हो, यो युगबजार अर्थतन्त्रको युग हो र नेपाल एक विकासोन्मुख राष्ट्र भएकाले भर्खरै ग्रामीण गुजारामुखी उत्पादनको स्वरूपबाट सहरिया बजारमुखी अर्थतन्त्र उत्पादनमा प्रवेश गर्दै छ । बजार अर्थतन्त्र भनेको सक्नेहरूका निम्ति राम्रो अवसर र नसक्नेहरूका निम्ति टाउको खाने चुनौती हो । त्यसैले, यो युगमा सक्नेले र हुनेले आफ्ना उत्पादनहरू बजारमा लिएर बेच्छन्, नसक्ने र नहुनेले सल्लाहकार महोदयले भनेझैँ आपूmसँग भएका मिर्गाैला वा देहै भए पनि बिक्री गर्नुपर्ने बाध्यता हुँदोरहेछ ।

एकातर्फ चुरे संरक्षणको नाममा अर्बौँका आयोजना चलाउनु अर्कोतर्फ त्यसै चुरेलाई विनाशमा धकेल्नुको विरोधाभास बुझिनसक्नु छ । यो कृत्य क्षमायोग्य छैन । यसलाई अविलम्ब रोक्नुपर्छ । 

के साँच्चिकै हाम्रो राष्ट्र र हामी यही अवस्थामा पुगिसकेको हो ? मानिसका दुई आँखा हुँदारहेछन् । एउटा बाह्य रूपलाई देख्ने जसलाई संस्कृतमा चर्मचक्षु भनिँदोरहेछ । यो आफू र आफ्नालाई मात्र देख्ने व्यष्टि चेतना भएको अधोमुखी आँखा भयो । अर्को बाह्य रूप र भित्री सार दुवैलाई देख्ने आँखा, जसलाई ज्ञानचक्षु भनियो । समष्टि चेतना जागिसकेको मान्छेको आँखाले मात्रै समाज र राष्ट्रलाई देख्छ । यसमा हामी कुन चक्षु भएकामा पर्छौँ ? त्यसैले दृष्टिकोण निर्माण गर्ने भयो । यो स्वमूल्यांकनको विषय पनि रहेछ । हामी नेपालीहरू कान्छा र बहादुर नभएर गौतमबुद्ध, जनक, कपिल र सीताका सन्तति हाँै । त्यसैले हामीले चुरेलाई नेपाल राष्ट्रसँग भएको केवल ढुंगा, गिटी र बालुवा मात्र उत्पादन हुने र तराईवासीको मात्र चासो रहनुपर्ने विषयका रूपमा हीनताबोधी मानसिकताले नहेरौँ । चुरेक्षेत्र त वातावरणीय र आध्यात्मिक मामलामा विश्वकै सरोकार रहेको ठाउँ हो भनेर आत्मगौरवका साथ हेराँै, यसलाई भूक्षयीकरण गर्नेतर्फ नलागौँ ।
 
भूगोलका दृष्टिले हिमालयको मध्यभाग हाम्रो मुलुक नेपालमा परे पनि यसको महŒव र सरोकार विश्वव्यापी छ । यो क्षेत्र चिसो हावापानी भएको उत्तरतर्फको तिब्बतियन प्लेट र दक्षिणको तातो हावापानी भएको इन्डियन प्लेट ठोक्किएर उकासिएको भूखण्ड हो । त्यसैले यहाँ धरतीको धुरी मानिने गगनचुम्बी हिमशिखरदेखि हिमालको जग मानिने जलसागरसम्मका विभिन्न प्रकारका हावापानी भएको सात तह पाइन्छन् । त्यसैले यो जैविक विविधताको वासस्थान पनि हो । उतुंग हिमशिखर र हिमशिखरको जग मानिने जलसागरको गहिरो पिँधलाई पूर्वीय आध्यात्मिक दर्शनमा क्रमशः स्वर्ग र पाताल पनि भन्ने गरेको देखिन्छ । यो भारत वर्षको दर्शनबमोजिमको मान्यता हो । तर, उत्तर तिब्बततर्फ भने जम्मा हिमशिखर, अल्पाइन र सबअल्पाइन गरी तीन तह मात्र पाइन्छ । अतः उल्लेखित भौगोलिक र वातावरणीय तहमध्ये चुरेको सबट्रोपिकल तह पनि यहाँको महŒवपूर्ण अवयव हो जुन हिमालयकै मुख्य आधारका रूपमा उपस्थित भएको देख्न सकिन्छ । आध्यात्मिक दृष्टिले हिमालयलाई एक बृहत् तथा समष्टि शिवलिंगको रूपमा लिएको पनि पाइन्छ । चुरे पहाडको शृंखलालाई शिवालिक नाम राखिनु यसैको द्योतक हो । पूर्वीय दर्शनको अर्को मान्यताअनुसार हिमालय पवित्र सुमेरु पर्वत हो जसले पाताल, धर्ती र स्वर्गबीच आत्यात्मिक भ¥याङको काम गर्छ । कैलाश महात्म्यअनुसार कैलाश पर्वतलाई हिमालमध्येको श्रीबिन्दु हिमाल मान्नु र प्रतिकात्मक अर्थमा शिरमा चन्द्रमा र गर्धनमा गोमन सर्पलाई धारण गरी शिवले ब्रह्माण्डको पातालदेखि स्वर्गसम्म रक्षा र संवद्र्धन गर्ने अर्थ लाग्छ । मलाई लाग्छ, हामीले चुरेको ढुंगा गिटी र बालुवा बेच्नुभन्दा माथि उल्लेखित विषयलाई उजागर गरेर हिमवत्खण्डको मौलिक विशेषता बोकेको बौद्धिक तथा आत्यात्मिकतासहितको पर्यटकीय उत्पादन विकसित गर्नेतर्फ लाग्नुपर्छ । तिनको विशाल बजार आध्यात्मिक भारत हुन सक्ने सम्भावना पर्याप्त छ । यो एउटा आशलाग्दो सम्भावना हो । वर्तमान बजार अर्थतन्त्रको युगमा दुई विशाल मुलुक चीन र भारतबीच हिमाली देश नेपालको मौलिक उत्पादन भनेकै पर्यटन हो । यी दुवै मुलुक अध्यात्मिक पर्यटनका लागि विशाल बजार हुन् । हामीले यसैतर्फ ध्यान दिँदा राम्रो ।
 
चुरेको भूक्षयीकरणको प्रभाव केवल तराई र हिमाललाई मात्र पर्ने नभई यसको प्रभाव भारतमा समेत पर्ने देखिन्छ । हिमालको हिउँ पग्लँदा त्यसको प्रभाव माल्दिभ्ससमेतलाई पर्नेछ । सामुद्रिक सतह बढ्दा माल्दिभ्स समुद्रमा बिलाउन सक्छ । हिमालको हिउँमा घटबढ हुँदा पश्चिम नेपालको हुम्लास्थित गुर्ला–मेन्मोनडेनी हिमालकी देवी काङ्कारेलामोले अन्नको वरदान दिने क्षमतामा क्षयीकरण हुन जानेछ । मध्यनेपालकी अन्नपूर्ण देवी र पूर्वी नेपालको कञ्चनजंघा हिमालकी पाथीभरा देवीको पाथी भर्ने क्षमतामा पनि ह्रास आउनेछ । 

हिमालपारि उत्तरको तिब्बत उजाड हुनु र हिमालवारिका नेपाललगायतका दक्षिण एसियाली देशहरू हराभरा हुनुको मुख्य कारण हिमालयले बंगाल र अरब खाडीबाट उठेर आउने बाफलाई रोकेर पार्ने पानी नै हो । हिमालयको यो प्राकृतिक चक्रमा गडबडी भए हाम्रो जीवन प्रणालीको उभौली–उभौली चक्रमा समेत दखल आउन सक्छ । त्यसैले हिमालय संरक्षणको प्रमुख र प्रथम दायित्व दक्षिण एसियाली देशहरूको हो । हिमालमा हिउँ नरहे तराई र भारतवासी सबैभन्दा बढी प्रताडित हुनेछन् । चुरेको प्रकृतिको दोहनले तत्काल प्रत्यक्ष रूपमा तराई क्षेत्र ढुवानमा पर्ने निश्चित छ ।

मुलुकका लागि आर्थिक रूपले खासै लाभदायी नहुने, तर प्राकृतिक दृष्टिले अनमोल ढुंगा गिटी र बालुवाको निकासी व्यापार केवल अज्ञानी र अन्धोले मात्र गर्छ । आजको युगमा सरकारले नै नीतिगत रूपमै वातावरणलाई क्षयीकरण गराएर व्यापार घाटा परिपूर्ति गर्न खोज्नु लाजमर्दो कार्य हो । यो मिर्गौला बेच्नु वा देह व्यापारभन्दा पनि घटिया हो । एकातर्फ चुरे संरक्षणको नाममा अर्बौँका आयोजना चलाउनु, अर्कोतर्फ त्यसै चुरेलाई विनाशमा धकेल्नुको विरोधाभास बुझिनसक्नु छ । यो कृत्य क्षमायोग्य छैन । यसलाई अविलम्ब रोक्नुपर्छ । चुरेक्षेत्र यहाँको अति संवेदनशील भूखण्ड भएको बुझ्न जति ढिला गर्छाैँ, हामीलाई विपत्तिले उत्तिकै घेर्दै लानेछ । यो मुद्दा कुनै क्षेत्र वा राष्ट्रविशेषको मात्रै होइन । प्रकृतिको विनाश त विश्वव्यापी मानवीय चासोको विषय हो । सरोकारवाला सबैको ध्यान चुरे संरक्षणमा जाओस् र अविलम्ब चुरेको दोहन रोक्ने काम होस् । 

(लामा विघटित प्रतिनिधिसभा सदस्य हुन्)

ad
ad