१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सेनाको हेलिकोप्टरबाट मनाङमा ३५ जनाको उद्धार (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:१o:oo

हिमाली जिल्ला मनाङमा सेनाको हेलिकोप्टरले बाढी प्रभावितको उद्धार गरेको छ । तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो । 

मनाङका निवर्तमान सांसद पाल्देन गुरुङसहितको उद्धार टोलीले मनाङको नासोँ गाउँपालिका– १, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा र नासोँ गाउँपालिका– ५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा रहेको नयाँ कारागारको भवनमा राखिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । यस्तै, नासोँ गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धार गर्ने प्रयास भइरहेको लामिछानेले जानकारी दिए ।  

मंगलबारदेखि बाढी प्रभावितको उद्धारकाे प्रयास गरिएकाे भए पनि मौसम खराबीका कारण उद्धारमा ढिलाइ भएको  मनाङका निवर्तमान सांसद पाल्देन गुरुङले बताए । मनाङको नार्पाभूमि गाउँपालिकाको फु गाउँको लेकमा फसिरहेका ७५ जनाको उद्धारको प्रयास भइरहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।  

मनाङमा राहत लिएर पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पनि मनाङ पुगेका छन् । गुरुङ निजी हेलिकोप्टरमार्फत राहत लिएर मनाङ पुगेका हुन् भने मुख्यमन्त्री पोखरेल सेनाको हेलिकोप्टरबाट मनाङ पुगेका हुन् ।  बाढीले बुधबार नासाेँ गाउँपालिकाको भवन, प्रहरी चौकी धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र पाँचवटा होटेल बगाएको थियो ।

बाढीका कारण नासोँ गाउँपालिका– १ को तालगाउँका ५० घर र चामेका ६ घर डुबानमा परेका छन् । बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको छ । बाढीको चपेटामा परेर नासोँ गाउँपालिकाको तालगाउँ, धारापानी र चामेबजारका डेढसयभन्दा बढी घरका हजारजना विस्थापित भएका छन् ।





तस्बिर :  सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थी 

ad
ad