१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:२६:oo

चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न  स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाएका हुन् । 

दुई हजार आठ सय ८० थान एन–९५ मास्क र एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । दुई हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सुवालले कर्णालीजस्तो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा खुसी भएको बताए ।

‘हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेन्ट्रेटरभन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहुउपयोगी छ । ती सामग्रीको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेकोे छ,’ नेता सुवालले भने, ‘छिमेकी देश चीनले कोभिडमाथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेकोप्रति खुसी छौँ ।’

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमकिपालाई स्वास्थ्य सामग्री सहयोगस्वरूप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरूलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए । 

उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिसकेको छ । जुम्लादेखि विराटनगरसम्मका अस्पतालमा स्वास्थ्य सामग्री पुगिसकेको छ । स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । उनले भने, ‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रशंसनीय छ । आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउनका लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ ।’

संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिस्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताए । उनले भने, ‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै गरिएको यो सहयोगले कोरोना महामारीविरुद्ध लड्ने हौसला प्रदान गरेको छ ।  चीनले नेपालप्रति देखाएको सदभाव र सहयोगका लागि हामी आभारी छौँ ।’

ad
ad