१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २१:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा निषेधाज्ञा खुकुलो, रेस्टुरेन्टले टेकअवे सेवा दिन पाउने, ४ बजेपछि निर्माण सामग्री पसल खुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:o८:oo

कोरोना संक्रमण केही कम भएपछि उपत्यकामा निषेधाज्ञामा खुकुलो बनाइएको छ । मंगलबारदेखि थप केही व्यवसाय सञ्चालन गर्न दिइने निर्णय उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले गरेका छन् । 

एक हप्ता निषेधाज्ञा थप्दै आर्थिक गतिविधि बढाउन लागिएको छ । जसअनुसार बिहान ११ बजेसम्म खाद्य तथा तरकारी पसल सञ्चालन गर्न पाइनेछ । हाल ९ बजेसम्म मात्र सञ्चालन हुँदै आएका छन् । १ असारदेखि स्टेसनरी तथा प्रिन्टिङ प्रेससमेत खोल्न दिने निर्णय भएको छ । स्टेसनरी पनि ११ बजेसम्म खुल्न पाउनेछन् । 

साँझ ४ बजेदखि ६ बजेसम्म निर्माणसम्बन्धी सामग्रीका पसल सञ्चालन गर्न दिइने भएको छ । सवारीसाधन मर्मत गर्ने वर्कसप बेलुका ९ बजेसम्म नै खुल्ने पाउने भएका छन् । 

रेस्टुरेन्टहरूले टेकअवे सुविधा दिने पाउने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । होम डेलिभरी सेवालाई पनि ७ बजेसम्म खुला गर्ने निर्णय भएको छ । त्यस्तै, सहकारी संस्थालाई समेत सञ्चालन गर्न दिने निर्णय भएको छ ।
 

ad
ad