१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ जेठ ३० आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन हुन नदिन माग गर्दै प्रदेश १ सभामा संशोधन प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ जेठ ३० आइतबार १४:२१:००

पहाड फोरेर ढुंगा, गिटी निकासी गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन हुन नदिन माग गर्दै प्रदेश १ सभामा संशोेधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले संघीय सरकारको ढुंगा, गिटी बिक्री गर्ने निर्णय नीति तथा कार्यक्रममार्फत सच्याउन माग गर्दै आइतबार प्रदेश १ सभामा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

प्रदेश सभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संशोधन माग गर्दै प्रस्ताव दर्ता गराएका छन् । सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावअनुसार ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्नभण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नाश हुने भएकाले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन नीति तथा कार्यक्रममा प्रदेश १ बाट ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने उनले माग गरेका छन् । 

संघीय सरकारले बजेटमार्फत पहाड फोरेर ढुंगा, गिटी निर्यात गरेर व्यापार घाटा कम गर्ने निर्णयविरुद्ध प्रदेश सभामा सबै विपक्षी दलहरूले चर्को विरोध जनाइरहेका छन । सम्बन्धित क्षेत्रका सत्ता पक्षका सांसदहरूले पनि विनासमन्वय निर्णय गरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।