मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २७ बिहीबार १७:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप ५९ को मृत्यु, ५२९३ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २७ बिहीबार १७:४४:००

नेपालमा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार दुई सय ३८ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार सात सय ४९ जना संक्रमित थपिएका छन् । यो अवधिमा पाँच हजार दुई सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय संक्रमण कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।