मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला कारागारका १५ कैदीबन्दीलाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

जुम्ला कारागारमा कोरोना संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ कैदीबन्दीलाई संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो आउने, खोकी लाग्ने भएपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । 

कारागारभित्रका दुई महिला र एक सय २१ पुरुष कैदीबन्दीमध्ये १५ पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, ‘संक्रमित १५ मध्ये एकजना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।’ 

अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ ।