
अद्वितीय विविधता, सौन्दर्यको अनुपम रसानुभूतिको केन्द्रमा सिर्जित हुने परिवेश र यसले मनुष्य, जीवजन्तु, वनस्पतिलगायत सम्पूर्ण सजीव–निर्जीव वस्तुको अनुपमता महसुस गर्ने अन्तक्र्रियाको समष्टिगत रूप नै वातावरण हो । वातावरण थुप्रै आयामहरूको मिलनबिन्दु हुने गर्छ । इतिहासका पाना पल्टाउँदा थाहा हुन्छ– वातावरण, पर्यावरणीय सन्तुलन, संरक्षकत्वजस्ता जटिल विषय अध्ययन हिजोको आवश्यकता थियो भने आजको अपरिहार्यता । समयको तीव्रतालाई टक्कर दिँदै हिँड्ने यो मानवयुगको अगाडि वातावरण संरक्षकत्वको अभिभावकत्व निभाउनुपर्ने एक विशाल प्रतिप्रश्न रहेको छ, जुन प्रकृतिले सोधिरहेको छ । यसरी हेर्दा वातावरण सन्तुलनको पहलकदमीका अत्यावश्यक पाइला पारिस्थितिक सन्तुलन र पुनस्र्थापना नभई गुज्रिँदैन भन्दा पक्कै अतिशयोक्ति नहोला ।
उसो त सामान्य भाषामा पारिस्थितिक प्रणाली (भ्अयकथकतझ) भनेको वातावरणमा रहेका सम्पूर्ण आयामको अन्तक्र्रिया बुझ्ने गरिन्छ अनि पारिस्थितिक प्रणाली पुनस्र्थापना (भ्अयकथकतझ च्भकतयचबतष्यल) भनेको अन्तक्र्रियाको आएको ह्रासलाई नियमिततातर्फ उन्मुख गराउनु हो । फलतः सम्पूर्ण पर्यावरणका क्रिया–प्रतिक्रियामा आँच नआई पुरानो यथास्थितिमा पर्यावरण र पारिस्थितिक प्रणाली आउने गर्दछ । पारिस्थितिक पुनस्र्थापना भइराख्दा बिग्रेको पर्यावरणको प्राकृतिक प्रणालीलाई पुनः जीवन पाउँदै स्रोतको सही उपयोगिता प्रोत्साहन हुन जाने, सँगै पुराना जैविक विविधता, वनस्पति, भूमि, पानीजस्ता कुनै पनि प्रणाली उकासिने निश्चय हुने गर्दछ ।
पारिस्थितिक प्रणालीको शाब्दिकता दिँदै परिभाषित सन् १९३५ मा सर आर्थुर जी तान्सद्वारा गरिएको थियो भने सन् ८० को दशकमा पारिस्थितिक प्रणाली पुनस्र्थापना उद्गम गरिएको थियो । मुख्यतः पारिस्थितिक पद्धतिको अर्थ सम्पूर्ण जीवजन्तु, वनस्पति र वातावरणका स्रोतको अन्तर्सम्बन्धहरूबाट स्वचालित प्रणाली हुन जान्छ । सामान्यतः पारिस्थितिक पद्धतिलाई दुई भागमा बाँड्न सकिन्छ– जलीय एवं स्थलीय । मानवीय चेतना र नजिरले स्थापित गरेसँगै यो अभ्यास केही शताब्दीअगाडि सुरु भएको देख्न र सुन्न पाइन्छ । तर, आधुनिक तह र तप्काबाट चाहिँ यो अभ्यासको निरन्तरता सन् १९०० को दशकदेखि सुरु भएको थियो । यसरी आजको यो युगसम्म आइपुग्दा यसले विभिन्न तह र तरिका पार गरिसकेको सहजै महसुस गर्न सकिन्छ ।
आज विश्वजगत् वा भनाँै सबै पृथ्वी नै असन्तुलनको चरम उत्कर्षबिन्दुमा रहिरहँदा, यसको तात्विक महत्व अझ बढेको पाइन्छ । यो अभ्यास सुन्दा सजिलो लागे तापनि निकै वैज्ञानिकता, प्रज्ञिकता र समन्वयका बीच समेत निकै झन्झटिलो छ । हालसम्म फराकिलो तहबाट भिन्नाभिन्नै पर्यावरणीय प्रणाली पुनस्र्थापनाका कार्य सम्पादन भइसकेका छन् । संरक्षण र जैविक विविधताको योगदानलाई केन्द्रमा राख्दै सामाजिक, आर्थिक एवं वातावरणीय आधारलाई समेट्न सक्नु नै यो कार्यको उद्देश्य हो । सामान्यतः लामो समय लाग्ने भएकाले यो अभ्यासलाई दुर्लभ ठानिने गरिन्थ्यो ।
तर, अहिले पर्यावरणीय सन्तुलन र आयामहरूको संरक्षण यति धेरै अपरिहार्य बनिसकेको छ कि यो अभ्यास नगरी आएको ह्रासलाई न्यूनीकरण गर्नु दिवास्वप्न बन्ने निश्चित देखिन्छ । आक्रामक प्रजातिहरूको उन्मूलन, जंगलभूमिको संशोधन, आद्र्रभूमिमा नयाँ प्रजाति प्रतिस्थापनजस्ता प्रमुख उदाहरण अहिले विश्वमा व्याप्त मात्रामा देख्न सकिन्छ । पारिस्थितिक प्रणालीलाई बढावा दिँदा स–सानादेखि विशाल पर्यावरणीय प्रणालीलाई सुधार मात्र नगरी त्यसमा भर पर्ने मनुष्यको जीविकासमेत उकास्ने गर्छ ।
वातावरणीय असन्तुलन, प्रदूषण, जलवायु परिवर्तनजस्ता जटिल समस्या सन् १९९० को दशकदेखि प्रत्यक्ष रूपमा महसुस गर्न थालिएको थियो । जब विश्व तीव्र आधुनिकता र अद्यौगिकतातर्फ उन्मुख भइइराखेको थियो, यता प्रकृतिमाथि दमन र स्रोतको उपयोगले थ्रेसहोल्ड पार गरिसकेको बुझ्न सकिन्छ । हुन त यो समयावधि धेरै होइन, तर यसबीचमा भएका परिवर्तनले यसरी तहसनहस पारिसकेको छ कि अब पुनस्र्थापनाको यात्रा झनै जटिल देखिँदै छ । पृथ्वीमा घटित सबै किसिमका उतारचढावका मुख्य हिस्सेदार मानवजातिको अमानवीय सोचकै देन हो । फलतः दिनानुदिन बढेको हरितगृह ग्यासको बढ्दो उत्सर्जन, वातावरणीय असन्तुलनका चरम उत्कर्षहरू, पर्यावरणीय पारिस्थितिक परिवर्तनले देख्नलाई मात्र नभई प्रत्यक्ष असर पु¥याउन लागेको छ ।
पारिस्थितिक अवस्थामा ह्रास आउनुको कारण दुवै प्राकृतिक तथा मानवनिर्मित भए तापनि प्रमुखचाहिँ मानव नै देखिन्छ । तीव्र चरन, बाढी, वन डढेलोजस्ता गतिविधि पछिल्लो दशकमा बढ्नुले रहिरहेको वातावरण पारिस्थितिक अवस्थामा ह्रास लिएर आउने गरेका छन् । सामान्य अवस्थामा रहेको वातावरण र उसका आयाममा अनधिकृत र सन्तुलन बिग्रने गरी प्रयोग गरिनु हाम्रा लागि निकै दुःखद हो । हामीबीच रहेको अप्राकृतिक सोच जसले व्यक्तिगत स्वार्थभन्दा बाहिर नआई स्रोतको उपयोग गरिरहेको हुन्छ, त्यसले बढावा पाइराख्दा आजको यस्तो अवस्था आएको छ । पछिल्लो केही दशकका घटनाक्रम नजिकबाट नियाल्दा पारिस्थितिक अवस्थितिबारे अझ प्रस्ट हुन्छ ।
अमेजन जंगलको आगलागी, अस्ट्रेलियाको आगलागीजस्ता कुरामा विभिन्न कारणमा भलै केही विरोधाभाष होलान्, तर अन्ततः यसले पारिस्थितिक अवस्थामा ल्याउने परिवर्तन र पुनस्र्थापना हुन लाग्ने समयले हाम्रो धरातलीय अवस्था उजागर गरिहाल्छ । गएको ५० वर्ष ६० प्रतिशतभन्दा बढी जैविक विविधता हराएको तथ्यले हामीले कतिसम्म पारिस्थितिक प्रणाली गुमाएका छौँ– बुझ्न पक्कै असहज हुँदैन । ४.७ मिलियन हेक्टर वार्षिक रूपमा विश्वभरबाट जंगल क्षेत्र हराइरहेको तथ्य देख्दा अवस्था निकै जटिलरहेको पुष्टि हुन्छ ।
पृथ्वी सबैको साझा घर हो भन्ने तथ्य हुँदाहुँदै आफ्नो खुट्टामा लात हान्ने प्रवृत्ति हावी हुँदा यस विषम अवस्था आँखाअगाडि देखापरेको छ । विभिन्न अध्ययनले ६ दशकदेखि तीव्र वासस्थानमा कमी आउनाले स्थानीय तथा ग्लोबल जैविक विविधतामा निकै ह्रास आएको देखाएको छ । अहिले देखापरेको चरम समस्या जलवायु परिवर्तनका असरसमेत यसरी पछिल्लो केही समयमा अत्यधिक बढ्नुको पछाडि केही प्रमुख कारणमध्ये एक पारिस्थितिक प्रणाली स्वस्थ्य नहुनुसमेत हो । खाद्यशृंखलादेखि लिएर खाद्य पिरामिडसम्म, विभिन्न जीव पिरामिड तथा खाद्य सञ्जाललगायतका सामान्य चक्रको असन्तुलनले पारेको प्रभाव र असर भने देखिएजस्तो सामान्य अनि न्यून छैन ।
पारिस्थितिक अवस्थालाई पुरानो यथास्थितिमा लैजानका निम्ति पुनस्र्थापनाका सम्पूर्ण आयाम र विधि पु¥याउनुपर्ने नै हुन्छ । यसो वृद्धि भइराखेको मरुभूमीकरण, प्रदूषणजस्ता समस्या निर्मूल पार्न मद्दत गर्छ भने अर्कोतिर मानव र प्रकृतिको निहित अन्तर्सम्बन्धलाई अझ उजागर पार्दै प्रगाढ बनाउँछ । जैविक विविधताले न्याय मात्र होइन, हराएको अपनत्व पाउनेछन् । भलै यो प्रक्रिया लामो होस्, तर यसले पु¥याउने अतुलनीय योगदानका अगाडि त्यो समय केही पनि होइन ।
भनिन्छ– हरेक समस्याले केही न केही उपाय जरुर बोकेर आउने गर्छ । यस समस्या समाधानका लागि भने निकै धैर्यता माग गर्छ । हुन त यो समस्या पनि आजको आज भएको होइन । तर, चरम लापरबाहीले गर्दा ओझेलचाहिँ जरुर परेको छ । मानिस आफ्नो स्वार्थ परिपूर्ति गरिरहँदा आफैँले गरेको प्रकृतिमाथिको दमन नदेख्नु, शक्तिसम्पन्न देशले त्यसैगरी नै दोहनलाई निरन्तरता दिनुजस्ता कुराले अझ थप जटिलता लिएर आएको छ ।
पारिस्थितिक प्रणालीको निष्ठा र उपयोगिताको चर्चा सामान्य जनमानसमा पु¥याउन सक्नु नै अहिलेको पहिलो कोसेढुंगा साबित हुन सक्छ । जगत्भर रहेका सम्पूर्ण पारिस्थितिक प्रणालीको उचित अध्ययन गरी विश्व नै उठेमा अवश्य पनि यो समस्या बिस्तारै हल हुँदै जाने थियो । उसो त विश्व समुदायको ध्यान पुगेको छ भन्ने पुष्टिचाहिँ यो दशक पारिस्थितिक प्रणाली पुनस्र्थापना गर्दै मनाउने भन्ने संयुक्त राष्ट्रसंघका छाता संगठनका कार्यक्रम आउनुले झल्काउँछ ।
नेपालसमेत यो यात्रामा धेरै पछि अवश्य छैन । नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना भन्ने मूल नारा दिँदै यो वर्ष नेपालले विश्व वातावरण दिवस मनाउने घोषणा गरेको छ । उसो त नेपालको प्रणाली पुनस्र्थापना यात्रामा उल्लेखनीय भूमिका पछिल्लो एक दशकमा प्रस्ट देखिँदै छ । यस किसिमका कार्यक्रमले पछिल्लो केही समयचाहिँ अवश्य विश्वजगत्को ध्यान पुगेको भन्ने कतै न कतै बुझ्नचाहिँ जरुर सकिन्छ । तैपनि आर्थिक समुन्नत देश मौन रहनु अनि स–साना देशको क्षमता नपुग्नुचाहिँ विडम्बना नै हो ।
विश्वभर रहेका विभिन्नथरी पारिस्थितिक प्रणालीमा उथलपुथल हुनाले पारिरहेको समस्या निक्र्योल गर्न एक मात्र उपाय भनेको जिम्मेवारी एवं दायित्व बहन हो । अर्थात् मानव समुदायले आफैँ समन्वय गरी मानव स्वार्थभन्दा माथि उठेर साझा प्रकृति तथा उसको उपयोगिताबारे गहनता प्रदर्शन गर्नु नै पर्छ । विश्वभर भएका विभिन्न कार्यक्रमहरूको उपलब्धिलाई हेर्दै आगामी कार्यदिशा तय गर्न सक्नुपर्छ ।
यस किसिमको वाण्ीा प्रस्तुत गरिरहँदा एउटा प्रश्नले चाहिँ सबैलाई पक्कै झस्काउँछ । त्यो हो खास यसको महत्व के हो त ? के सबैले यो विषयलाई उही गहनताले हेर्छन् त ? यी जिज्ञासा आउनु हामी कसैका लागि पनि अचम्मको विषय बनाउनुहुँदैन । बरु यसको उपयोगिता, महत्व सामान्यभन्दा सामान्य व्यक्तिलाई बुझाउन सरल माध्यम अपनाउने हो भने प्रचुर मात्रामा यो दशकले कायापलट गर्ने आकलन गर्न सकिन्छ । पारिस्थितिक प्रणालीको सन्तुलन नै जैविक विविधताको मुख्य कारण हो भन्ने अर्थसमेत साधारण व्यक्तिमा पुगेको देखिँदैन ।
हरेक वातावरणका स्रोत–साधनमा आएको ह्रास पनि त्यही असन्तुलनको प्रतिफल रहेको बुझाउन सक्नुपर्ने देखिन्छ । पुनस्र्थापना आफैँमा निकै चुनौतीपूर्ण विषय हो भन्ने अहिलेसम्म पक्कै हामीले बुझिसकेका छौँ । यसर्थ पनि स्थानीय सहभागिता, समुदायको जवाफदेहिताले पनि यसमा धेरै सकारात्मक प्रभाव पार्न सकिन्छ । यसमा नेपालजस्ता विकासान्मुख देश जो प्राकृतिक रूपछटाले ओतप्रोत छन्, उनीहरूको भूमिकासमेत महत्वाकांक्षाले हेर्ने गरेको पाइन्छ ।
अझ नेपालकै कुरा गर्नुपर्दा यो अवधारणा नेपालमा भने पुरानो होइन अथवा अर्को भाषामा भन्नुपर्दा नेपाललाई आवश्यक पनि कहलिएन । यद्यपि केही वर्षदेखि विभिन्न संरक्षित क्षेत्रमा यो अवधारणा लागू गर्दै उदाहरण दिन खोजेको अवश्य पाइएको छ । साथै सामुदायिक वन, वैज्ञानिक वन व्यवस्थापनसमेत त्यसैको प्रभावभन्दा फरक नपर्ला ।
नेपालजस्तो देशले समतामूलक, समावेशी कार्यसम्पादन विशाल देशका लागि अवश्य पनि उदाहरण हुन सक्छ । वैज्ञानिक तथ्य र सही सूचनाबाट वञ्चित रहेका आमजनमानसमा यदि यसैगरी जनचेतना पुग्ने हो भने यो देशको गरिमा अझ बढ्नेमा द्विविधा नराख्दा होला । नेपालमा हाल सञ्चालित विभिन्न कार्यक्रम विभिन्न लोपोन्मुख, लोप भएक जनावरको संरक्षणको निम्ति तयार पारिएका कार्ययोजना र कार्यान्वयनको चर्चा अहिले विश्वसनीयतासहित अगाडि बढेको देखिन्छ । यसर्थ पनि यो विषयलाई अझ घनीभूत बनाउनु आजको प्रमुख अभिभारा हो किनभने यसले एकातिर देशको गरिमा उच्च राख्न सक्छ भने अर्कोतिर प्रकृति र मानव समुदायबीच रहेको अन्तर्सम्बन्धलाई अझ घनिष्ट बनाउँदै लैजान सक्छ ।
बागमती सरसफाइ अभियानका नाममा नेपालमा सञ्चालित पुनस्र्थापना कार्य खासै सफल र त्यो पुरानो पारिस्थितिक अवस्था नआउनाले, त्यतिचाहिँ जरुर बताउन सकिन्छ कि धैर्यताका साथ, दीर्घकालीन सोच र जनमानसमा चेतनास्तर प्रगाढ हुनैपर्छ । यदि आजैदेखि सुरु गर्ने हो भने विश्वमा अबको एक दशकमा ३५० मिलियन हेक्टर क्षेत्रफलमा रहेको बिग्रिएको पारिस्थितिक प्रणालीले थुप्रै नयाँ पारिस्थितिक सुविधासमेत दिने प्रक्षेपण गरिएको छ ।
विश्वभर चलिरहेका र सफल भएका पुनस्र्थापनाका कार्यहरू जसमा सन् २००८ मा म्यानमारमा आएको नार्गिस साइक्लोनपछाडि गरिएका कार्यहरू अहिले पनि यो यात्राको निम्ति सञ्जीवनी हो । त्यस्तै गरेर सन् २००५ मा पाकिस्तानमा आएको भूकम्प, चाङामाङा जंगलमा पुनस्र्थापनाका निम्ति गरिएका कार्यजस्ता केही प्रमुख उदाहरणले कसरी पुनस्र्थापना यात्रामा उच्च सफलता हात पार्न सकिन्छ भनेर बुझ्न सकिन्छ । यसबाट विभिन्न भूमि, जंगल, सामुद्रिक जीवनलगायत विभिन्न वनस्पतिसमेत पुनस्र्थापना हुन सक्छ, तर केही अपवादचाहिँ अवश्य रहन सक्छन् ।
पक्कै पनि प्रकृतिको नियम मानव समुदायभन्दा भीमकाय जरुर छ, तर आज प्राकृतिक स्रोत–साधनको समुचित प्रयोग र उपयोग नहुँदा थलिएको वातावरण र त्यसका आयामले हामी सबै मानव समुदायलाई झस्काइरहेका छन् । विभिन्न तथ्य सूचनाका आधारमा हेर्दा विगतका केही वर्षहरू त झनै निकै खतरापूर्ण रहेको देखिन्छ । मानव समुदाय त केन्द्रमा देखिए पनि वनस्पति, जीवजन्तुको ह्रासको गति हेर्दा झन् कहालीलाग्दो देखिन्छ । यस्तो प्रतिकूल अवस्था आउन दिनुहुँदैन थियो, तर आइसकेपछि जिम्मेवारीबाट पन्छिनचाहिँ अवश्य पनि मिल्दैन ।
पर्यावरण सबै जीवजन्तु, वनस्पतिको क्रीडास्थल हो, यो सत्यतालाई बहन नैतिक रूपमै भए पनि हामी मानिसले गर्नुपर्छ । प्राकृतिक स्वरूप परिवर्तन, पारिस्थितिक प्रणालीको उथलपुथल भई दयनीय अवस्थामा पुग्दासमेत हाम्रो प्राथमिकतामा यी संवेदनशील कुरा परेनन् भने हाम्रो अस्तित्व कतिवेला सिद्धिने हो अन्तिम दिनहरू गनेर बस्दा हुनेजस्तो अवस्था आउनेछ ।
पारिस्थितिक अवस्थालाई पुरानो यथास्थितिमा लैजानका निम्ति पुनस्र्थापनाका सम्पूर्ण आयाम र विधि पु¥याउनुपर्ने नै हुन्छ । यसो वृद्धि भइराखेको मरुभूमीकरण, प्रदूषणजस्ता समस्या निर्मूल पार्न मद्दत गर्छ भने अर्कोतिर मानव र प्रकृतिको निहित अन्तर्सम्बन्धलाई अझ उजागर पार्दै प्रगाढ बनाउँछ । जैविक विविधताले न्याय मात्र होइन, हराएको अपनत्व पाउनेछन् । भलै यो प्रक्रिया लामो होस्, तर यसले पु¥याउने अतुलनीय योगदानका अगाडि त्यो समय केही पनि होइन । मध्यवर्ती क्षेत्रको वृद्धि, संरक्षित क्षेत्र वृद्धिजस्ता स–साना पहल गर्दा पनि दीर्घकालीन हिसाबमा उल्लेख्य भूमिका रहन सक्छ । पुरातन र मौलिक प्राकृतिक भूबनोटमा रहेको आफ्नोपन विलीन भइराख्दासमेत मौन रहनु भनेको निकै लज्जास्पद कुरा हो । हामीले सबै आयामलाई केन्द्रमा राखी कार्य सञ्चालन गरौँ, जसले गर्दा बिग्रेको अवस्थिति सुध्रियोस् अनि अझ सुदृढ बनोस् ।
अन्ततः प्राकृतिक लालित्यको नमुना पृथ्वीमा दिनानुदिन बढ्दै गएको विभिन्न असन्तुलन, ह्रासले गर्दा समग्र सम्पूर्ण चक्र ठूलो समस्याबाट गुज्रिन बाध्य बनेको छ । यस्तो विकराल अवस्थामा समेत आर्थिक विलासितालाई महान् सोच्ने देश र मानव समुदाय छन् भन्दा निकै लज्जाबोध भइराखेको छ जुन अवश्य पनि निकै दुर्भाग्य हो । स्वस्थकर पारिस्थितिक प्रणाली जसमा जैविक विविधता गहना हुन्छ पक्कै पनि उक्त प्रणालीले निकै उत्पादकत्व बढाउने गर्छ । पुनस्र्थापना हरेक किसिमले हुन्छ, सामान्य रूख रोप्नेदेखि विशाल परीक्षणसम्म । यद्यपि हामी यो पनि बुझिराख्नुपर्छ कि सबै वेला हामीले चाहेको पुनस्र्थापना नहुन पनि सक्छ । तसर्थ वेलैमा विचार पु¥याउनुको कुनै विकल्प छैन ।
यसरी समष्टिगत रूपमा हेर्दा पारिस्थितिक प्रणालीको पुनस्र्थापनाको अपरिहार्यता सहजै बुझ्न सकिन्छ । विद्यमान सबै चुनौतीलाई पन्छाउँदै सकारात्मकतातर्फ अग्रसर हुनैपर्छ, तब मात्र पारस्पारिकता तथा अन्तर्सम्बन्धको समग्रतालाई समेटी वातावरण संरक्षणसहितको पारिस्थितिक प्रणाली पुनस्र्थापनाको नयाँ सूर्योदय हुनेछ । अबको यो दशक सबै अपरिहार्यता मनन गर्दै पुनस्र्थापनामा लगाउने हो भने आइपरेका अधिकांश समस्या निक्र्योलतर्फ अग्रसर हुने थिए । फलतः जैविक विविधतासहित सुन्दर सन्तुलित पर्यावरणीय प्रणालीबाट हामी सबै प्रफुल्ल रहने थियौँ । तसर्थ जनमानसमा चेतनाका फूल बीजारोपण गर्दै यो दशकलाई हामी सबैले समर्पित गरौँ, केवल एक कुराका लागि सुन्दर पारिस्थितिक प्रणाली पर्यावरण संरक्षणम् !!
लेखक विएससी (वातवरण) चौथौ बर्षका विद्यार्थी हुन् ।