मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थप दुईवटा पेट्रोलियम पाइपलाइन बनाउने, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:३७:००

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै थप दुईवटा पेट्रोलियम पाइपलाइन निर्माण सुरु गर्ने जनाएका छन् । अर्थमन्त्री पौडेलका अनुसार भारतको सिलगढी हुँदै सीमापारि पानीट्यांकीदेखि नेपालको झापास्थित चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिनेछ । चारआलीमा निगमको शाखा कार्यालय छ । त्यहाँ पाइपलाइनबाट आएको तेल भण्डारण गर्न यसअघि नै जग्गा खरिद गरिसकिएको छ ।

त्यस्तै, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । अहिले अमलेखगञ्जसम्म भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेल आइरहेको छ । सोही संरचना प्रयोग गर्दै लोथरसम्म पाइप विस्तार गर्न लागिएको हो । लोथरमा यसअघि नै जग्गा खरिद गरिसकिएको छ । 

सो ठाउँको जग्गा अहिले सम्याएर परियोजना कार्यान्वयनका लागि तयारी हुँदै गरेको आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख प्रदीप यादवले जानकारी दिए । यादवलाई सोही परियोजना सफल बनाउन करिब दुई महिनाअघि सरुवा गरी अमलेखगञ्ज पठाएको थियो ।

दुवै परियोजनाको सर्वे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ । पाइपलाइनबाट आएको तेल भण्डार गर्न दुवै स्थानमा ठूलो क्षमताको भण्डारण गृहसमेत निर्माण हुनेछ । अर्थमन्त्री पौडेलले अबको तीन वर्षभित्र दुवै पाइपलाइन
सञ्चालनमा ल्याइसक्ने जनाएका छन् ।

करिब दुई वर्षअघि मोतिहारी–अमलेखगञ्ज रुटमा पहिलो पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । पाइपलाइनबाट तेल ल्याउन छिटो, सजिलो र सुरक्षित हुनुका साथै वार्षिक रूपमा खर्च हुँदै आएको ढुवानी भाडाबापतको अर्बाैँ रकम बचत हुन थालेपछि पाइपलाइन निर्माण गरी इन्धन ढुवानी गर्न सरकार आकर्षित भएको हो ।