१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि भएको आक्रमणको घटनामा कांग्रेसको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:१८:oo

कांग्रेसले भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि भएको आक्रमणको घटनाको निन्दा गरेको छ । सहमहामन्त्री एवं कोभिड– १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गर्दै यस्ता आक्रमणजन्य क्रियाकलापहरूलाई रोक्न सख्त कानुनी कारबाहीको माग गरेका छन् ।

‘नेपाली कांग्रेस कोभिड– १९ अनुगमन समिति स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ । साथै, सरकारसँग स्वास्थ्यकर्मीहरूको सुरक्षा र यस्ता आक्रमणजन्य क्रियाकलापहरूलाई रोक्न कानुनी कारबाहीलाई सख्त गर्न पनि माग गर्दछ,’ डा. महतले भनेका छन् ।

डा. महतले स्वास्थ्यकर्मीहरूमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको कामसमेत प्रभावित भई बिरामीहरूको उपचारमा समेत गम्भीर असर परेको घटनालाई कांग्रेसले गम्भीरका साथ लिएको बताएका छन् ।

बिहीबार भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले डाक्टर र नर्सहरूमाथि आक्रमणमा उत्रिएका थिए । 

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ : डा. शेखर कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन् । भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटना सार्वजनिक भएपछि डा. कोइरालाले सामाजिक सञ्जालमार्फत दोषीलाई कानुनी कारबाही गर्न र सामाजिक बहिष्कार गर्न माग गरेका हुन् । 

‘सत्ता र पार्टीबाट संरक्षितहरूद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूमाथि हमला गर्नु जघन्य अपराध हो,’ डा. कोइरालाले लेखेका छन्, ‘नेपालगन्ज र विराटनगरका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गरौँ, सामाजिक बहिष्कार गरौँ ।’

ad
ad