१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसका २८ भ्रातृ तथा शुभेच्छुक संस्थाले भने– लोकतन्त्रमाथि प्रश्न चिह्न खडा भयो, डटेर सामना गर्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:o२:oo

कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले सरकारको प्रतिगामी कदमको विरुद्ध सामाजिक, राजनीतिक, न्यायिक लडाइँमा खरो रूपमा प्रस्तुत भई संविधानको पूर्ण रक्षार्थ प्रतिबद्ध रहेको बताएका छन् । २८ भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको प्रबन्धविपरीत प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गैरसंवैधानिक गतिविधि गरेका कारण नेपालको राजनीति गम्भीर मोडमा पुगेको र लोकतन्त्रमाथि नै प्रश्नचिह्न खडा भएको बताएका छन् । 

‘प्रधानमन्त्रीबाट भएका गैरसंवैधानिक तथा विधि, पद्धति एवं संसदीय मर्यादाविपरीतका कामकारबाही र व्यवहारको घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध डटेर सामना गर्ने प्रतिबद्धता जनाएका छन् । 

ad
ad