१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सगरमाथामा एकैदिन  एक सय ५० आरोही पुगे

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार o८:३o:oo

मौसम अनुकूल भएपछि आइतबार एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । मौसममा खराबी आएपछि क्याम्प टुमा रोकिएका आरोहीले एकैदिन सगरमाथा आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । 

हङकङका ४६ वर्षीया हिसाङ यिन हुङले पनि आइतबार सगरमाथाको सफल आरोहण गरेकी छिन् । स्पिड आरोहणको उद्देश्यसहित शनिबार दिउँसो १ः३० बजे आधार शिविरबाट उकालो लागेको हिसाङको टोली आइतबार दिउँसो ३:१२ बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिकृत सोनाम शेर्पाले बताइन् । ड्रमर्स डेस्टिनेसन ट्रेक एन्ड एक्स्पिडिसनमार्फत उनीहरूले २४ घन्टा ५० मिनेटमा सगरमाथा सफल आरोहण गरेका हुन् । 

यसैबीच, मौसम अनुकूल भएसँगै एक विदेशी नागरिकसहित दुईजना नेपाली आरोहीले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टे«की क्याम्प प्रालिबाट एक जापानिज नागरिक, सोलुखुम्बु सोताङका दावा शेर्पा र भोजपुरका छिरिङ शेर्पाले आइतबार बिहान करिब ९ बजे सफल आरोहण गरेको सम्पर्क अधिकृत शेर्पाले जानकारी दिए । उनीहरू सोमबार सगरमाथाको क्याम्प ४ मा फर्किएर आठ हजार पाँच सय १६ मिटरको लोत्से हिमाल आरोहण गर्ने तयारीमा छन् ।

बाबुछोरा नै सगरमाथामा
ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशोर सोनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथाको शिखरमा पुगेका छन् । उनका बुबा पिके शेर्पाका साथ आइतबार बिहान सगरमाथाको शिखरमा पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरू लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न छन् । उनीहरूले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहेका छन् । यसअघि २८ र २९ वैशाखमा करिब एक सय ७० आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आइतबारबाट फेरि सुरु भएको हो ।

ad
ad