१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
केदार दाहाल काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिन १ सय ७० जना  सगरमाथाको चुचुरोमा 

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३८:oo

मौसमका कारण बन्द भएको सगरमाथा आरोहण १० दिनपछि खुलेको छ । मौसम सफा हुनासाथ आइतबार बिहानै १ सय ७० आरोहीले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबारलाई खुलेको मौसम अब एकैचोटि शुक्रबार र शनिबार मात्रै आरोहणका लागि मौसम खुल्नेछ ।  

मौसम सफा हुन नसकेपछि गत ३० वैशाखयता सगरमाथा आरोहण हुन सकेको थिएन । २४ वैशाखदेखि ३० वैशाखसम्म १ सय ५० जनाले सगरमाथा आरोहण गरिसकेका छन् । आइतबार केही आरोही क्याम्प ४ मा पुगेर रोकिएकाहरू सोमबार रात्रिमा मौसम खुलेमा आरोहण गर्नेछन् । बाँकी आरोही अब शुक्रबार र शनिबारको तयारीमा लाग्ने नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

ल्होत्से हिमाल (८५१६ मिटर) मा तीनजना भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेका छन् । टोलीले साढे ६ देखि साढे ९ बजेको बीचमा चुचुरो चुमेको छ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले आरोहण गरेका हुन् । ‘फादर एन्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिसन २०२१’ नाम दिएर सोनामले आरोहण गरेका हुन् । यस्तै, सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने अनुमान पर्यटन विभागले गरेको छ ।  

कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमालहरूको आरोहण भइरहेको छ । गत वर्ष कोरोना संक्रमण फैलिएको भन्दै सरकारले हिमाल आरोहणमा रोक लगाएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४३ समूहका ४ सय ८ जना आरोहीले अनुमति लिएर आरोहणमा गएका थिए । 

चालू सिजनमा आरोहणका लागि विभागबाट १६ हिमालका लागि ८५ आरोहण दलका ७ सय ४२ आरोहीले आरोहणको अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरैले सगरमाथाका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएर आधार शिविरतर्फ गएका छन् । 

ad
ad