१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस नयाँदिल्ली
२o८१ जेठ १ मंगलबार २२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

‘कोरोनामुक्त भएको तीन महिनापछि मात्रै खोप लिनु उपयुक्त’

Read Time : < 1 मिनेट
रासस नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ जेठ १ मंगलबार २२:३o:oo

भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनइजिभिएसी)ले कोरोना भाइरस संक्रमितले संक्रमणमुक्त भएको तीन महिनापछि मात्रै खोप लिनु उपयुक्त हुने सुझाब दिएको छ । यसकारण खोप अभियान तीन महिना स्थगित गर्न समितिले बुधबार सरकारलाई सिफारिस गरेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनइजिभिएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवका आधारमा गरिएको हो । एन्टिसार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड–१९ संक्रमितहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि तीन महिनासम्म स्थगित गरिनुपर्ने समितिले जनाएको छ । एनइजिभिएसीका नयाँ सिफारिसहरूमा भनिएको छ, ‘कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि संक्रमित भएमा पनि दोस्रो मात्रा संक्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।’

कोभिड–१९ संक्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगत दान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ । समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड–१९ को खोप लिनुभन्दा पहिले ४–८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ । 

स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने, तर गर्भवतीहरूका लागि के गर्ने भन्ने विषयमा अझै खोपका लागि राष्ट्रिय प्राविधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
 

ad
ad