१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलको संयोजकत्वमा कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२१:oo

राष्ट्रिय युवा परिषद्ले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय गर्न कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ । परिषद्ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा १७ सदस्यीय केन्द्रबारे जानकारी दिइएको हो । केन्द्रमा विभिन्न मन्त्रालयका अधिकारी र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् । 

प्रदेश र स्थानीय तहमा समेत संयन्त्र निर्माण गरेर कोरोना महामारीविरुद्ध स्वयंसेवकीय भूमिका निर्वाह गर्ने ढुंगेलले जानकारी दिए । जोखिम मोलेरै महामारीविरुद्ध मैदानमा होमिएको उनले बताए । बिरामीलाई अस्पताल, औषधि, सावधानीका सम्बन्धमा तत्काल प्रतिक्रिया दिन परिषद्ले चिकित्सकहरूको टोली पनि खटाएको छ । 

केन्द्रले गर्ने काम
–प्रकोपको रोकथाम र उपचारमा संघ, प्रदेश र स्थानीय सरकारलाई सहजीकरण गर्ने ।
– राष्ट्रिय युवा परिषदमा प्राप्त हुन आएका सूचनाका आधारमा नागरिकको जीवनरक्षाका लागि तत्काल भरमग्दुर पहल गर्ने ।
– अस्पताल तथा अन्य उपचार केन्द्रहरूलाई मेडिकल सामग्री उपलब्ध गराउन प्रयत्न गर्ने ।
– राष्ट्रिय युवा परिषदमा सूचना तथा सञ्चार केन्द्रको सञ्चालन गर्ने ।
– कोभिडको असरले जनजीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न मनोपरामर्श र चिकित्सकीय सेवा उपलब्ध गराउने ।
– प्रकोप रोकथामका लागि सचेतना सामग्री संकलन, उत्पादन, वितरण तथा प्रसारण गर्ने ।
– प्रकोपले पारेको प्रभावको यथार्थ अवस्थाबारे जानकारीका साथ सम्बोधन गर्न फिल्ड अध्ययन गर्ने ।
– औषधि तथा दैनिक अत्यावश्यकीय सामग्रीको खरिद तथा वितरणमा कालोबजारी वा भ्रष्टचार भएको पाइएमा सप्रमाण सरकारी नियामक निकायमा जानकारी गराउने ।
– प्रकोपको रोकथाम र उपचारसँग जोडिएर विकसित घटनाक्रमका आधारमा सम्बोधन गर्न सामुदायिक, निजी र गैरसरकारी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने ।

ad
ad