मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २९ बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा यार्सा टिप्न पाटन पुगेका युवाको लेक लागेर मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख २९ बुधबार १०:२७:००

डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपी यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ७ बस्ने २७ वर्षीय कुमार खत्रीको  लेक लागेर मृत्यु भएको हो ।

मृतक खत्री आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । कोभिड– १९ संक्रमणका कारण यस वर्ष पनि पूर्ण रूपमा बन्द गरिएको यार्सापाटनमा अवैध रूपमा पुगेका खत्री लेक लागेर सिकिस्तै बिरामी परेपछि उपचारका लागि बोकेर काइगाउँ स्वास्थ्य चौकी पुर्‍याइएको र उपचारको क्रममा मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

कोरोना संक्रमण फैलन सक्ने भन्दै अघिल्लो वर्ष नखुलाइएको यार्सापाटन यस वर्ष पनि यार्सागुम्बा संकलन बन्द गर्ने कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको छ । यसअघि पनि लुकिछिपी पाटनमा पुगेका १७ वर्षीय जुम्ली युवा सुमन रावलको लेक लागेर मृत्यु भएको थियो ।